धनुषा । मंसिर १३ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश २ जनकपुरले आयोजना गरेको प्रदेश २ को मानवअधिकारको अवस्था सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
मानव अधिकारको अवस्थाबारे जानकारी दिने उद्धेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय अन्तर्गत रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सन् २०१८ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अध्ययन तथा विश्लेषण सहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।
प्रत्येक जिल्लामा रहेका जिल्ला प्रतिनिधिहरूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरी पठाउँछन् । सोही घटनाको आधारमा यो प्रतिवेदन तयार पारिएको प्रदेश २ का संयोजक राजु पासमानले बताए । नेपाल पक्ष राष्ट्र भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू मध्ये ६ ठूला महासन्धिमा आधारित भई सङ्कलन गरिएका सूचनाका आधरमा शीर्षक विभाजन गरी मानव अधिकार अवस्थाको विश्लेषण गरिएको संयोजक पासवानले बताए ।
जिल्लमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका बारेमा सरोकारवाला निकायहरूसँग छलफल गरी यसप्रति जबाफदेही बनाउने, पीडितलाई न्याय र पीडकलाई कानुन अनुसार कारबाहीका लागि पैरवी गर्ने, मानव अधिकारसम्बन्धमा जनचेतना फैलाउने र मानव अधिकारको अवस्थामा सुधार ल्याउनका लागि सहयोग पु¥याउने उद्धेश्यले यस प्रकारका प्रतिवेदन स्थिति सुचकमा मार्फत सार्वजानिक गरेको हो ।
सन् २०१८ जनवरीदेखि नोभेम्वरसम्मको अवधिमा ५ सय १८ घटनामा ५ सय ४१ जना पीडित भएका घटना इन्सेक प्रदेश कार्यालयले जनाए । जसमा राज्यपक्षबाट ५ जना महिलासहित १२ जना पीडित भए । त्यस्तै गैरराज्यपक्षबाट ४ सय ७० जना महिलासहित ५ सय २९ जना पीडित भएको तथ्याङक प्रस्तुत गरेको थियो । जसमा ३२ महिलासहित ५४ जनाको हत्या भएको तथ्याङ्क इन्सेक प्रदेश कार्यालयमा अभिलेख गरेको प्रदेश संयोजक पासवानले जनाए ।
यो वर्षमा महिला अधिकार उल्लङ्घनका घटनामा २ सय ६१ जना पीडित भएको छ भने बलात्कारका घटनामा ४५, बलात्कार प्रयासका घटनामा ३६, बेचबिखनका घटनामा ६, बहुविवाहका घटनामा ५१, कथित बोक्सीको आरोपसम्बन्धी घटनामा १९ र घरेलु हिंसाका घटनामा १ सय ४ जना पीडित भएको घटना इन्सेकको प्रदेश नं. २ को कार्यालयले अभिलेख गरेको जनाए । परिवारजनबाटै यो अवधिमा १५ जना महिलाको हत्या भएको अभिलेख गरिएको जनाए ।
यस अवधिमा बाल अधिकार उल्लङ्घनका घटनामा १ सय ६० जना बालिका पीडित भए । जसमध्ये बलात्कार घटनामा १ सय १६, यौन दुव्र्यवहार घटनामा ३१, बालिका बेचबिखन घटनामा ५ र बालविवाह घटनामा ८ जना पीडित भएको तथ्याङ्क इन्सेकमा अभिलेख छ । यो अवधिमा धनुषामा १० वर्षीया एक, महोत्तरीमा ८ महिने शिशु एक, सप्तरीमा ११ वर्षीया र ५४ वर्षीया महिला गरी तीन बालिका र एक महिलाको बलात्कारपछि हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आठ महिने दुधे बालिकादेखि ७० वर्ष उमेर समूहका महिला बलात्कार घटनामा पीडित भएको इन्सेकले जनाए । जातीय विभेदका घटनामा यो अवधिमा दुई महिला सहित १० जना पीडित भए संयोजक पासवानले बताए । कुसंस्कार र जातीय परम्परागत संस्कारका कारण जातीय विभेद तथा छुवाछुतका घटना हुने गरेको उनले प्रतिवेदनमा समावेश गरेको छ ।
समाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यिमा अन्र्तत्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको ट्रानजेक्सन प्रियड रहेको केही कामहरु ठिला हुन गएको मन्त्री साहले बताए । प्रहरी प्रशासन प्रदेश र संघ कस्को मातहतमा रहेको हो स्पष्ट नभएको जनता मानवअधिकारको प्रत्याभुत हुने काम हुन नसकेको मन्त्री साहले बताए । समाजिक विकास मन्त्रालय भर्खरै मंसिर १२ गते दलित सशक्तिकरण विधेयक पास गरेको र चाडै नै महिला सशक्तिकरण विधयेक ल्याउन लागेको मन्त्री साहले जनाए । महिलाहरुलाई ५० प्रतिशत आरक्षण गरिएकोले प्रदेश सरकार मानवअधिकारमैत्री रहेको स्पष्ट भएको दावी समेत गरे ।
द्यलित विधेयकमा दलितहरुको लागि रासन कार्डको व्यवस्था गरिएकोले सरकार सवल भए लगतै दलित समुदायका लागि यो कानून बनाएर लागु गरिने बताए । त्यति मात्रै होइन दलित विद्यार्थीलाई अध्ययनको लागि सरकारले १ करोड बजेट छुट्याएको समेत दावी गरे । बेटी पढाउ बेटी बचाउ अभियान अन्र्तगत प्रदेश सरकारले प्रत्येक मावि र प्लस टु का क्याम्पसहरु एक नर्स को व्यवस्था गरिने, महिला स्वयं सेवकको सेवासुविधा बढाउने मन्त्री साहले मन्चमा सवै जानकारी दिनु भयो । प्रत्येक गाउँपालिका र नगरपालिकाको प्रहरी चौकीमा महिला सेल र दलित सेलको व्यवस्था गरिने बताए । इन्सेकले प्रदेशको मानवअधिकारको अवस्थालाई झल्काएकोमा धन्यवाद व्यक्त गरे ।
साँचो अर्थमा प्रदेश सरकारले मानवअधिकार संरक्षण गर्न चाहेको हो भने घरविहिन गरिव दलितलाई बासको व्यवस्था र कपडा नभएका गरिव दलितलाई कम्मरको व्यवस्था समयमा गरि दिए उनीहरुको मानवअधिकारको संरक्षण हुने पुर्व सभासद रामअवतार पासमानले बताए । कुनै पनि जात वा खास गरि दलित समुदायको जातको नामबाट गित बनाउने र होच्चयाउने कार्य पनि मानवअधिकारलाई चोट पु¥याएको सभासद पासवानले बताए ।
इन्सेकले प्रदेश स्तरको मानवअधिकारको अवस्थालाई झल्कने गरि सार्वजानिक गरिएको प्रतिवेदन सराहनीय रहेकोले यस समाजिक न्याय प्राप्तको लागि काम गरिएको राष्ट्रिय मानवअधिकार आयोग जनकपुरका निर्देशक बीर बहादुर बुढामगरले बताए । खासगरि प्रदेश २ मा समाजिक कुसंस्कार र परम्परागत समाजिक संस्कारको कारण जातीय विभेद र छुवाछुछ घटनाहरु हुनेको समेत मगरले बताए । यसलाई अन्त्य गर्न सबैको सहयोग अपेक्षा गरिने बताए ।
मानवअधिकार हनन् र अपराधलाई छुट्याएर हेर्नु पर्ने सशस्त्रका डिएसपी जनक सापकोटाले बताए । मानवअधिकार बहाल हुन नैतिक अधिकार, मौलिक अधिकार र मानवअधिकारको बारेमा स्पष्ट ठंग बुझ्नु पर्ने उनले बताए । राज्य मानवअधिकार संरक्षण र सम्वद्र्धन कर्ताको हैसियतले सवैको मानवअधिकार संरक्षण गरिनु पर्ने उनले बताए ।
नेपाल प्रहरीलेको दृष्टिकोणमा नेपाल एडिएचआरको पक्ष राष्ट्र भएकोले नेपालको संविधान, ऐन, कानून अनुसार प्रहरीले कानूनको मजबुत रुपमा कार्यान्वयन गर्न तयार रहेको सवैलाई जानकारी गराएको संघीय प्रहरीका डिएसपी दानबहादुर थापाले बताए । नेपाल प्रहरी मानवअधिकारको संरक्षण र संवद्र्धन गर्न दतजित रहेको उनले बताए । अव सामुदायिक प्रहरी कार्यक्रम लिएर आएकोले समाजका सवैसँग मिलेर काम गरिने डिएसपी थापाले बताए ।
इन्सेकले नया नया सवाल तथा अधिकारका कुराहरु स्थिति सूचक मार्फत ल्याएको इन्सेक नव अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन । इन्सेकले समाजिक सुरक्षाको लागि काम गरिरहेको बताइन । इन्सेक ७ वटै प्रदेशमा मानवअधिकार प्रवद्र्धनका कार्य गरि रहेको सवै जानकारी समेत दिए । जनताका प्रत्यक्ष सरकोकार राख्ने शिक्षा, स्वास्थ्य र खाद्यन्नको अधिकारबाट संरक्षण गरिनु पर्ने बताइन । ठाउँमा कलेज नभएर बालबालिकाहरु पढन बाट बन्चित हुनु, बर्थिङग सेन्टर नभएर भारतमा गएर बच्चाको जन्म दिनु यो कसैको लागि ठिक नभएको अध्यक्ष श्रेष्ठले बताए । मधेश खाद्यन्न भण्डार भएकोले यसलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिनु भयो । मानवअधिकारका घटनाहरुमा सवै भन्दा बढि महिला तथा बालबालिकाहरु पिडित भएकोमा दुख लागेको उनले बताए । यसको लागि सवैले आफ्नो ठाउँबाट सहयोग गरि जनचेतना फैलाउने तथा यस प्रकारको घटनामा न्युनिकरण गर्न राज्यले उचित पहल गरिनु पर्ने उनले अध्यक्ष श्रेष्ठले बताए ।-विनोद कुमार रविदास