शिरीष सम्बाददाता
जनकपुर ११ गते मंसीर
प्रदेश न २ का उद्योग, पर्यडन, बन तथा वातावरण राज्य मन्त्री माननिय सुरेशकुमार मण्डलले आज जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन ।
जनकपुर स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल संकट मोचन मन्दिर र मणीमण्डपमा बिशेष पुजा अर्चना गरी दुबै स्थानमा रुद्राक्षको बिरूवा रोपेर जन्मदिन मनाएका छन ।
जन्मदिनकै अबसरमा संकटमाेचन मन्दिरमा मन्दिरकाे प्रागंनमा पलाष्टिक झाेलालाई निरूत्साहन गर्नुपर्छ र कपडाकाे झाेला प्रयाेगमा ल्याउनुपर्छ भनी सन्देश प्रवाह गरेका छन। साे कार्यक्रममा राज्यमन्त्री मण्डलले कपडा झोललााई प्रोत्साहन गर्न कपडा झोला बितरण तथा प्रदर्शन गर्नुभयो ।
उक्त कार्यक्रममा सामाजिक अभियन्ता एंब प्रदेस सभा सदस्य माननीय राम असिष यादबको समेत उपस्थिति थियो । राज्यमन्त्री मण्डल र सांसद यादवले संयुक्त रुपमा जनकपुर स्वच्छता अभियानको सुचनामुलक हाेर्डिगं बाेर्ड समेत गाडेका थिए ।
त्यसैगरी कार्यक्रममा सामाजिक तथा सरसफाई अभियन्ता सुरेश शर्मा, अमरचन्द्र अनिल लगायत युवा अभियानीहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे।