काठमाडौं । इन्डियन प्रिमियर लिगको दिल्ली डेयर डेभिल्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेट प्रतियोगितामा फेरी खेलाउने भएको छ ।
मार्च २३ बाट सुरु हुने १२औं सिजनको आइपिएलका लागि दिल्लीले सन्दीपको नाम फेरी नबिकरण गरेको हो । सन्दीपले गत सिजन दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको इतिहास बनाएका थिए।दिल्लीले गतवर्षका खेलाडी मध्ये १४ जनाको सम्झैता थप गरेको थियो । त्यसमध्ये सन्दीप पनि एक हुन् ।
दिल्लीले नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ। यस्तै श्रेयस ऐयर, पृथ्वी श, रिसव पन्त, मन्जोत कलरा, कोलिन मुनरो, जयन्त यादव, क्रिस मोरिस, राउल तेवाटिया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रावडा, ट्रेन्ड बोल्ड र आभास खानको सम्झैता नविकरण गरेको हो ।