शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

छठ गीतको धुनले पुरा तराइ मधेस छठमय मुडमा, समाज चिनाउने खुल्ला संग्रहालय हो छठ पर्व

शिरीष न्युज by शिरीष न्युज
कार्तिक २७, २०७५
0
छठ गीतको धुनले पुरा तराइ मधेस छठमय मुडमा,  समाज चिनाउने खुल्ला संग्रहालय हो छठ पर्व

अजय कुमार साह

जनकपुर, २७ गते

केरवा ज फरल घउरस वोपर सुगा मडराय ।

मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो ।

अहिले जनकपुर सहित सम्पूर्ण तराई मधेसको शहर बजारमा यस्ता लोकगीतको सुमधुर स्वर गुञ्जिएको सुनिन्छ । आज छठ पर्वको तेश्रो दिन अर्थात षष्ठी तिथिमा छठको पूजा सामाग्री सहित निर्धारित जलासय, पोखरी, तलाब र खोलामा जानलाई तयारी थालिएको छ । छठ पूजाको लागि अहिले जनकपुर सहित सारा मिथिलाञ्चल झकिझकाउ पारिएको छ ।

श्रद्धालुहरुले जनकपुरको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाइरहेका छन् ।


गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्नेछन् भने भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने छ ।

दिपावली तिहारको रौनक नसक्दै यहाँ पवित्र छठ पर्वको तयारीको चटारो लाग्ने गर्दछ । चोक चौराहादेखि घरघरबाट छठ गीतको धुनले पुरै शहर छठमय मुडमा प्रवेश गरिसकेको संकेत गर्छ ।

विशेषगरी आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ । घरदेखि टाढा परदेशमा रोजगारी वा उच्च शिक्षा अध्ययनका लागी विदेशिनेहरु समेत घरआँगनमा छठको रौनक सम्झिएर घर फर्किन्छन् । छठ पर्व प्रकृति प्रति कृतज्ञता व्यक्त गर्ने माध्यम पर्व समेत हो ।

यो पर्वमा सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई अर्पण गर्दै उनी प्रतिको अगाध आस्था प्रकट गर्छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पुरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अहिले तराई मधेसमा हाट, बजार, सडक र गल्लीहरु छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामाग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्गलो, दाउरा, सुपली, छैंटी, ढकनीबाट सजिएका छन् ।

उखू, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमीसँग जोडिएको जनजीविका र जन स्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।

सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुल्ला संग्राहलयकै काम‌गरिरहेको प्रतित हुन्छ ।

छठ पर्वका लागी माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डुम समुदायले बुन्छन् । अरुबेला हेयको पात्र बनाइने गरेको डुम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना(हाते पंखा) छठ पर्वका लागी नभइ नहुने हस्तकला सामाग्री हुन् ।

त्यस्तै जातिय राजनीतिलाई नै सफलताको भ¥याङ बनाएर सत्ताको न्यानो ताप्न चाहने क्षेत्रिय राजनीतिले एक अर्को समुदायबीच वैमनस्यताको विष घोल्ने प्रयासलाई निरन्तरता दिइ रहेका छन् । उनीहरुलाई राष्ट्रिय हितभन्दा पनि दलित र अझ बढी व्यक्तिगत स्वार्थ सर्वोच्च भएकाले सामाजिक सहिष्णुता उनीहरुका‌ लागी अपाच्य हुन्छ। कहिले जातका नाममा, कहिले संस्कृतिका नाममा, कहिले रंगभेदको नाममा, कहिले भूगोलका नाममा केही दलहरुले समाजलाई विभाजित गर्ने प्रयास जारी राखिरहँदा छठ पर्वमा जात, धर्म, क्षेत्रियतालाई ओझेलमा‌ पार्नेगरी फरक फरक समुदायका अनुहारहरु जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ।

मूलरुपमा मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिदै आएको यो पर्व मनाउनेको भीडमा सिउँदोदेखि नाकको टुप्पा समेत ढाकिने गरी सिन्दुर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ।

त्यसैगरी रोजगारीको ठूलो बजार मानिएको संघिय राजधानी काठमाडौंबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन् । जब दसैं मान्नेहरु सबैतिरबाट काठमाडौं फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागी तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् ।

सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैं यसरी नै यात्रालाई निरन्तरता दिइरहेको हुन्छ।

तराईवासी मधेसी समुदाय मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ । यस पर्वको अर्को विशेषताको रुपमा सबै जात जाती, ठूला साना, धनि,गरिब सबै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु पनि हो । यस कारण वर्षौ सम्म भेटघाट नभएकाहरु बोलचाल नभएकाहरुसंग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ ।

तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास
प्रदेश २

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान
धर्म संस्कृति

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Next Post
बालिकाकाे बलात्कारपछि हत्या गर्ने दुई जना जेल चलान

बालिकाकाे बलात्कारपछि हत्या गर्ने दुई जना जेल चलान

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist