रंजन भण्डारी
महोत्तरी, २६ कार्तिक ।
मटिहानी नगरपालिका वडा नं. ९ वहुअर्वामा एउटै परिवारका तिनजना शारिरिक रुपले असक्त रहेको थाहा पाएपछि मटिहानी नगरपालिका का मेयर हरि प्रसाद मण्डलले २५ हजार आर्थिक सहयोग गरेका छन । विपन्नताले दैनिकी धाउन समेत अपठ्यारो भएपछि मेयरले वहुअर्वा निवासी राम हृदय खत्वे मण्डल र उनको परिवारलाइ सो आर्थिक सहयोग गरेका हुन ।
रामहृदय खत्वे मण्डलका दुई भाई छोरा मध्ये जेठो महादेव मण्डल खत्वे १६ वर्ष देखि नसा रोगबाट पिडित रहेको र दुवै खुटटा र कम्मर समेत नचल्ने भएका छन । त्यसतै उनका कान्छा भाई प्रवहन्स मण्डल ३ वर्ष देखि दुवै खुटटाले अपांग रहेका छन । उनका काकाको एउटा खुटटा समेत रोग लागेर काटिएपछि उक्त परिवारको विजोग भएको हो ।
मेयर मण्डलले पछि उनीहरुको उपचारमा समेत आवश्यक परे सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।