रंजन भण्डारी
महोत्तरी, २६ कार्तिक ।
महोत्तरीमा मधेशी शहिद स्मृती टि ट्वेन्टी कप क्रिकेटको दोस्रो सेमिफाईनल खेलमा सर्लाहीलाई हराउदै महोत्तरी फाईनलमा प्रवेश गरेको छ । महोत्तरीले सर्लाहीलाई १८.१ ओभरमा दिएको १११ रनको लक्ष्य ५ विकेटको क्षतिमा प्राप्त गर्दै हराएको हो ।
पहिले टस जितेर व्याटिंग रोजेको सर्लाहीले २० ओभरमा १०९ रन बनाएको थियो । सर्लाहीका सुधीर चौधरीले २३ वलमा ३९ रन र रंजीत यादवले ३३ वलमा २७ रन बनाई सर्लाहीको स्थितिमा सुधार ल्याउने प्रयास गरेपनि महोत्तरीका वलर सहिदुल्लाह अंसारी,राहुल प्रताप सिंह,अरसद राईन र वादल गुप्ताको वलिंगको अगाडी उनीहरु टिक्न सकेनन ।
यता महोत्तरीबाट हासिम अंसारीले ३५ वलमा २९ रन र सुरज पटेलले ३८ वलमा ३४ रन बनाएर महोत्तरीलाई जिताउन अहम भुमिका खेलेको छ । खेलको म्यान अफ द म्याच सुरज पटेल घोषित भएका थिए । महोत्तरीले ५ विकेटको क्षतिमा टारगेट पुरा गरि फाईनलमा मुजफ्फरपुरसंग भिड्ने सुनिश्चित गरेको छ ।
आयोजकले छठ लगतै पत्रकार सम्मेलन गरेर फाईनल खेलको मिति सार्वजनिक गर्ने वताएका छन ।