शिरीष सम्बाददाता
महेन्द्रनगर २६ गते
हातेमालो नेपाल र ब्लड फर नेपालद्वारा आईतवार धनुषाको वटेश्वरमा महिलाहरुलाई महिनावारी सरसफाई सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
बटेश्वर गाउँपालिकाको उपाध्यक्ष प्रमिला देवी महतो प्रमुख उपस्थितीमा सम्पनन उक्त कार्यक्रमा ९० जना स्थ्यानीय छात्राहरु सहभागी भएको थियो ।
वटेश्वर स्थित शिव शक्ति उच्च माविमा भएको उक्त कार्यक्रमका प्रशिक्षिकाको रुपमा #HerPad #Pad Bank का प्रोमिषा मिश्रा, स्नेहा झा, आकृति झा रहेका थिए भने कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित सुजित आयुर्बेद मेडिकलले यस कार्यक्रममा सबै सहभागीलाइ प्रमाणपत्र र खाजा प्रदान गरेका थिए ।
कार्यक्रममा प्रशिक्षिका, प्रमुख अतिथि र सहयोगीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बटेश्वर गापा उपाध्यक्ष महतोले यस्तो कार्यक्रम गर्न आवश्यक रहेको बताए ।