शिरीष सम्बाददाता
जनकपुर, २५गते कार्तिक
धनुषामा आज दनदहाडै लाखौं रुपैया लुटपाट भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित राष्ट्रिय वाणिज्य बैंकबाट रामकुमार साहले ८ लाख नगद झिकेर लग्दै गर्दा बाटो मै लुटेराहरुले लुटेर फरार भएका छन् ।
महोत्तरीको भंगहा नगरपालिकामा मनि ट्रान्सफर आइएमइ सञ्चालन गर्दै आइरहेका साहले बैंकबाट रुपैयाँ झिकेर भंगहातर्फ जादै गर्दा शान्तिपुरको चौरमा लुटिन पुगेको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारी अनुसार बैंकबाट मोटरसाइकलमा पैसा झिकेर भंगहा तर्फ जादै गर्दा बटेश्वर गाउँपालिकाको शान्तिपुर–चन्द्रपुर नजिक साहसँग लुटपाट भएको हो ।
दुईवटा अनटेस्ट मोटरसाइकलमा चारजना अपरिचित व्यक्तिहरुले साहको मोटरसाइकल रोक्न लगाएर लुटपाट गरेर महोत्तरी तर्फ फरार भएको प्रहरीले जनाएको छ ।
लुटेराहरु भाग्न सक्ने संभावित सबै स्थानमा नाकाबन्दी गरी लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक कुशवाहाले बताए ।