शिरीष सम्बाददाता
बर्दिबास, कार्तिक १८ गते ।
महोत्तरीको बर्दिवास नगरपालिका स्थित बिजलपुरामा आयोजना गरिएको बर्दिबास नगरपालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको फाइनल खेल सोमबार हुदैंछ ।
कात्तिक ११ गतेदेखी सुरु भएको खेलमा बर्दिबास नगर भित्रका एक दर्जन क्रिकेट टिमको प्रतिस्पार्धा भएको थियो । गाउँमा लुकेको प्रतिभा खोजी गर्न मुठ्ठी दान गरेर आयोजना गरिएको खेलमा आयोजक टिम र बर्दिबास युथ क्रिकेट टिमले दश वटा क्रिकेट टिमलाई उच्छनिदै अन्तिम फाइनल खेल खेलन पुगेको पुगेको हो ।
जबर्जस्त खेल खेलेर दुई क्रिकेट टिम फाइनलमा पुगेको छ । आयोजक बिजलपुरा स्पोर्टस क्लव (ए) र बर्दिबास युथ क्रिकेट टिम बीच हुने फाइनल खेलमा कुन टिममले ‘बिजलपुरा कप—२०७५’ कब्जा गर्न खेलप्रेमीहरुले लख काटिरहेका छन् ।
बिजलपुरा स्पोर्टस क्वलको आयोजना र गौतम होटल बर्दिबासको मुख्य प्रायोजनमा खेल भइरहेका छ ।युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो पहलमा बर्दिबास नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत बिजलपुरा कप —२०७५ को आयोजना गरिएको हो ।
हिन्दुहरुको महान चाड दिपावली तथा छर्ठ पर्वको शुभ उपलक्ष्यमा गाउँमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न गौतम होटलका प्रबन्धक हिरा गौतमले खेल समाग्री प्रदान गरेपछी खेलले मुर्त रुप पाएको खेल संचालक समितिका अध्यक्ष सुखलाल महतोले जनाए
खेल विद्यामा बर्दिबासले पछिल्लो समय पहिचान बनाउँदै गइरहेको छ । बर्दिबासमा फुटलब, ब्याडमिन्टन, तेक्वान्दो, भलिबल, क्रिकेट जस्ता खेलहरुमा युवा पुस्ता लगनशिल भएर लागेका छन् । बर्दिबासमै राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुनेमा कुनै दुईमत नरहेको क्रिकेट खेलका मुख्य प्रायोजक गौतम होटल प्रबन्धक हिरा गौतमले उल्लेख गरे ।
नगर स्तर क्रिकेट टुर्नामेन्टमा सहभागि भएको टिकका खेलाडीहरुलाई खेल पश्चात बर्दिबास नगरपालिकासंग बजेट माग गराएर बर्दिबास नगरपालिका स्तरी क्रिकेट टिम गठन गरेर खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरिने पहल गर्ने बिजलपुरा कप—२०७५ आयोजनाको चाँजोपाँजो मिलाउने युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको उद्देश्यर छ ।