शिरीष सम्बाददाता
महेन्द्रनगर ९ गते कार्तिक
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषाको कार्य समिति चयनको लागि आज मतदान सम्पन्न भएको छ । व्यापाहरुको यस चुनावमा ९७ प्रतिशत मतदान भएको छ ।
जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको आजको मतदानमा ३ सय ६८ मतदान भएको निर्वाचन अधिकृत कमल पण्डितले जनाएको छ।
मत गणनाको लागि अहिले दुबै पक्ष बीच छलफल तथा आचार संहिता बनाउने बारे बैठक भईरहेको र अब साढे ४ बजे देखि सम्भवतः मतगणना सुरु हुने निर्वाचन अधिकृत पण्डितले बताए ।
संघको निर्वाचनबाट ११ सदस्यीय समिति छनौट हुने छ । ११ सिटको लागी २२ जनाले उम्मेदवारी दिएका हुन् ।
क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार महेन्द्रनगर स्थित व्यापारीहरुको जमघट रहेको यस व्यापरिक केन्द्रमा पनि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी पक्षधर बीच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ ।
काँग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादव प्यानलबाट उपाध्यक्षमा बिनय कुमार साह, महासचिवमा दिपक साह, सचिवमा अजय कुमार महतो र कोषाध्यक्षमा विरेन्द्र प्रसाद साह सुडी रहेका छन् भने नेकपा पक्षधर अध्यक्षका उम्मेदवार राजकुमार महासेठले प्यानलबाट उपाध्यक्षमा ललित साह, महासचिवमा सुनिल साह, सचिवमा जंगीलाल महतो र कोषाध्यक्षमा बिजय कुमार साहको उम्मेदवारी परेको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमशः यादव प्यानलबाट शशी जयसवाल, राम चन्द्र महतो, गौतम ठाकुर सोनार, राजकिशोर राउत कुर्मी र मनोज कुमार साह र महासेठ प्यानलबाट राज नारायण प्रसाद साह (राजु गुप्ता), मनोज कुमार साह (मुरारी), संजय कुमार साह, बसन्त कुमार ठाकुर र रामवली साह सुडी रहेका छन् ।
महिला सदस्यहरुमा कविता कुमारी देवी र कुमारी देवी साहको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।