शुक्रबार, माघ ९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनप्रतिनिधिले स्कुल भत्काएको विरोधमा सडक मै अध्ययन अध्यापन

शिरीष न्युज by शिरीष न्युज
कार्तिक ८, २०७५
0
जनप्रतिनिधिले स्कुल भत्काएको विरोधमा सडक मै अध्ययन अध्यापन

शिरीष डेक्स
धनुषा, ८गते
विद्यालय भत्काएको विरोधमा सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले सडकमै अध्ययन अध्यापन गरि सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।


आज जनकपुरधाम उप–महानगरपालिका वडा नं. २१ कुर्था स्थित राजर्षि जनक उच्च माविका शिक्षक र छात्र–छात्राहरुले सडक मै अध्ययन अध्यापन गरेका छन् ।
वडाध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि भन्दै विद्यालयको कक्षाकोठा र कम्पाउण्ड भत्काउन निर्देशन दिएपछि उनीहरुले सांकेतिक विरोध गरेको दाबी गरेका छन् । महिनौ बितिसक्दा समेत कक्षाकोठा निर्माण नभएपछि सडक मै कक्षा सञ्चालन गर्न बाध्य भएको विद्यालयका प्राधानाध्यापक बीरेन्द्र प्रसाद यादवले बताउनुभयो ।
प्रअ यादवले भन्नुभयो, –‘शैक्षिक सत्र सुरु भएको ६ महिना बितिसक्दा पनि उप–महानगरपालिकाले कक्षाकोठाको व्यवस्थापनबारे बेवास्ता गर्दैै आएकोले बाध्य भएर सडकमै पढाइएको हो ।’
यसअघि भत्किएको कक्षाकोठामा अध्ययन अध्यापन गराइए पनि खुला कक्षाकोठाका कारण सडकको धुँलो कक्षा कोठा मै आउने भएकोले विद्यार्थीहरुमा रुघाखोकी, आँखा पाक्ने, श्वास–प्रवासमा समस्या भोग्दै आएका थिए ।
सोही कारण आफुहरु बाध्य भएर सडकमै अध्ययन–अध्यापन गराउन थालेको शिक्षक भुपेनेश्वर रायले बताउनुभयो ।
विद्यालयको उत्तरतर्फको जनकपुर–लोहरपट्टी सडकखण्ड अति व्यस्त सडक भएकाले त्यस सडकबाट आवजत जावत गर्ने सवारीसाधन गुड्दा उड्ने धुलो र ध्वनी प्रदुषनले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत विद्यार्थी रामकुमार महासेठको गुनासो छ ।


बिहिबारदेखि विद्यार्थीहरुले जनकपुर–लोहरपट्टी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर अध्ययन गरिरहेका छन् । विद्यार्थीहरु सडकमै बसेर पढ्दा आवतजावत पूर्णरुपमा ठप्प भएको छ ।
प्रधानाध्यापक वीरेन्द्र यादवले विद्यालयको ६ वटा कक्षाकोठा भत्काएपछि कक्षाकोठाको अभावमा गर्मीमा जसोतसो बाहिर राखेर पढाएपनि जाडो मौसममा समस्या हुने गुनासो व्यक्त गर्नुभयो ।
त्यसैगरी कक्षा १० मा अध्ययनरत छात्रा चन्दाकुमारी मण्डलले आफुहरुको एसईई परीक्षा आउन केही महिना मात्र बाँकी रहेपनि कक्षाकोठाको अभावका कारण नियमित अध्ययन अध्यापन नभएको गुनासो गरिन् ।
यता विद्यालयको भवन भत्काए कै ठाउँमा हाल वडा कार्यालय स्थापना गरिएको छ । स्थानीयवासीले वडाध्यक्ष महासेठको चर्को आलोचना गर्दै आएका छन् । उनीहरुले कातिक ४ गते जनकपुरमा वडाध्यक्ष महासेठ र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको विरुद्धमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिका कार्यालय घेराउ समेत गरेका थिए ।
उता, जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले विद्यालय भवनको छिट्टै व्यवस्थापन गर्ने आश्वसान दिनुभएको छ ।
वडा कार्यालयको भवन सडक निर्माणका लागि भन्दै स्थानीय जनप्रतिनिधिको दबावमा गत वैशाख मै स्कुल भत्काइएको थियो । हुलाकी सडक अन्तरगत जनकपुर–लोहारपट्टी सडक खण्डमा पर्ने यस विद्यालयको भवन सडक भित्र नपरे पनि वडा कार्यालय जोगाउनका लागि जनप्रतिनिधिले जबर्जस्ती भत्काउन लगाएको बताउँछन् विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद यादवले बताउनुभयो ।
स्थानीय युवा क्लव तथा अभिभावकले समेत जनप्रतिनिधिको यस्तो गतिविधिको विरोध गर्दै आएका छन् । साविकको नक्सामा सो सडक ५८ फिट कायम गरिएको र हाल निर्माणाधिन सडक पनि मात्र ४२ फिट चौडा हुने भएको अवस्थामा स्कुल भवन भत्काउनु अव्यवहारिक रहेको स्थानीयको गुनासो छ ।
३ बिग्घा १५ कठ्ठामा फैलिएको विद्यालयको परिसर मै एउटा पोखरी समेत छ । जसमा प्रतिवर्ष १३ देखि १५ लाख सम्ममा माछाको ठेक्का लाग्ने गरेको छ । हाल बहुमुल्य विद्यालयको जग्गा र पोखरी हात पार्नका लागि वडाध्यक्ष रामेश्वर महासेठद्वारा सडक निर्माणको नाममा विद्यालयलाई नै उठाउने काम गरिएको स्थानीयवासीहरुको आरोप छ ।
विद्यालय भवन भत्काइएदेखि यहाँ अध्ययनरत ६ सय विद्यार्थीहरुको शैक्षिक भविस्य अन्योलमा परेको भन्दै शिक्षकहरु आन्दोलित बनेका हुन् । आज देखि सडकमै कक्षा संचालन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।
वडाध्यक्ष महासेठले भने स्थानीयवासीले सडक विस्तार तथा पीसीसी सडक निर्माण गर्ने स्थानीयहरुको निर्णय अनुसार विद्यालय भवन भत्काउनु परेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

हाम्रो प्यारो औरही नैनिगौरी!!
अन्य

हाम्रो प्यारो औरही नैनिगौरी!!

Next Post
कसले मार्ला बाजी,  क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आज निर्वाचन हुँदै, मतदान सुरु

कसले मार्ला बाजी, क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आज निर्वाचन हुँदै, मतदान सुरु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist