धर्वेन्द्र कुमार यादव
महोत्तरी ३ गते कार्तिक
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले देशमा ७ हजारको हराहारीमा लाईसेन्सधारी शिक्षकहरु वेरोजगार रहेकोले अब शिक्षा संकायको पढाई रोक्नुपर्ने बताउनु भएकाे छ।
शनिवार महोेत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्च शिक्षा विषयक अन्र्तक्रियात्मक कार्यक्रमकामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री पोखरेलले देशमा शिक्षक उत्पादन अधिकमात्रामा भएकोले अब प्राविधीक शिक्षातर्फ सामुदायिक विद्यालयको शिक्षा रुपान्तरित गर्नुपर्ने आवश्यक रहेको बताउनुभयाे ।
मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठन मै कमजोरी रहेको बताउदै अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाे बताउँदै उहाँले २ सय ५४ विद्यालयमा प्राविधिक शिक्षा सुरु भैसकेको र अब शिक्षालाई सिपसँग तथा श्रमलाई उ्रत्पादनसँग जोडौं, उत्पादनलाई समृद्धिसँग जोडेर शिक्षा निती बनाउनुपर्नेमा बताउनुभयाे ।
मन्त्री पोखरेलले शिक्षाको यस परिवर्तनकारी अभियानलाई सफल बनाउन हरेकलाई सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।
यस शैक्षिकसत्रको प्राविधीक तर्फ आर्युवेद, योग र भेटनरीलाई समेत सामुदायिक विद्यालयतहको प्राविधीक तर्फको धारमा थप गरिएको जनाउनुभयो ।
कार्यक्रमकामा नगरप्रमुख शिवनाथ महतोले गौशालामा डिग्रीसम्म पढाई हुनेगरि क्याम्पस स्थापना गर्नका लागि मन्त्री समक्ष आग्रह गर्नुभयो । यहाँका छात्राहरुलाई उच्च शिक्षाको लागि वाहिर जानका लागि विभिन्न किसिमको प्राविधीक विषय वस्तुसँग सामना गर्नुपरेकोले स्थानियतहमा नै उच्च शिक्षा अध्यापन हुने गरि शिक्षालयको स्थापना आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वयन ईकाई समिती महोत्तरीका प्रमुख शत्रुध्न यादवले स्थानियतहले नै दरवन्दी मिलान गरिने चर्चाको विषयमा रहेकोले अब केही दिनमै जिल्लाभरिमा रहेको शिक्षकको अभाव अन्त्य हुने धारणा राख्नुभयो ।
कार्यक्रममा शिक्षाविद तथा बुद्धिजिवीहरुले यहाँको शिक्षाको वेथितीको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।