शिरीष सम्बाददाता
धनुषा, कार्तिक ३ ।
विजया दशमीको अवसरमा आयोजित प्रदेश स्तरीय कब्डडी प्रतियोगिताको उपाधि सवैला नगरपालिकाको घरेलु टिमले जितेको छ । प्रत्येक वर्ष दशैमा सवैलामा आयोजना हुने कब्डडी प्रतियोगीता यस वर्ष प्रदेश स्तरीय रुपमा आयोजना गरिएकोमा देशमै अवल टिम मानिएका कब्बडी संघ धनुषाको टिमलाई पराजित गर्दै सवैैला टिमले उपाधि जित्न सफल भएको हो ।
धनुषाको आधिकारिक टिमलाई ३४–३२ अंकले हराउदै सवैला नगद पुरस्कार ५१ ह्जार सहित प्रथम उपाधि चुम्न सफल भएकोे हो । धनुषाले ३१ ह्जार नगद सहितको दोस्रो पुरस्कारमा चित बुझाउनु परयो । शुक्रवार वेलुकी नै सुरु भएको फाइनल प्रतिस्पर्धा साँझ परेपछि शनिवार विहान सारिएको थियो । शुक्रवार स्थगित हुदाँ समेत सवैला एक अंकले अगाडि थिए । शनिवार पुनः शुन्यवाट खेल सुरु भएको थियो ।
त्यसैगरि महिला तर्फको उपाधि भने धनुषा संघकै महिला टिमले जितेको छ । सप्तरी टिमलाई पराजित गर्दै धनुषा उपाधि जित्न सफल भएको हो । विजेता र उपविजेता दुवै टिमलाई सवैला र सहिदनगर नगरपालिकाका मेयरदय विजयशंकर साह र उदय यादव वरवरिया र कब्बडी संघका केन्द्रिय उपाध्यक्ष विरेन्द्र यादवले प्रदान गरेको थियो । पहिलो हुने दुवै टिमको प्रथम पुरस्कार सवैला र दोस्रो हुने दुवै टिमको पुरस्कारको सौजन्य सहिदनगर नगरपालिकाले गरेको थियो ।
श्री गुरास युवा क्लव सवैलाको अयोजनामा हुने प्रतियोगीता प्रदेश स्तरीय सम्म आइपुगेको र अगामि दिनमा राष्ट्रिय स्तरको आयोजना गर्ने क्लवका अध्यक्ष नथुनी यादवले घोषणा गरेका थिए ।