शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महोत्तरीकाे विकासमा बाधक ‘सडक पहुँच’

शिरीष न्युज by शिरीष न्युज
अशोज ३०, २०७५
0
महोत्तरीकाे विकासमा बाधक ‘सडक पहुँच’

मनिष कुमार शर्मा, 

महोत्तरी ३० गते असाेज

महोत्तरीकै विकासमा समेत सडक नै मुख्य बाधक बनेको छ । महोत्तरी पुरानो मध्येको एक जिल्ला भएपनि यसले विकास देख्न सकेको छैन । धार्मिक र पर्यटकिय स्थलकै रुपमा यसको विकास गर्न सक्ने भए पनि गुणस्तरिय र भरपर्दो सडक नहुदा यहाको विकास निक्कै पछाडी परेको छ । हालमा सडकहरु अधिकांश निर्माण जिम्मा दिइएपनि कहि गुणस्तरहिण त कहि ढिलासुस्तीले जिल्लाको विकास कहिले देखि सुरु हुने हो भन्न गार्हो छ ।

भारतको मुख्य बजार तथा नेपालकै अन्य जिल्लाहरु जोडने सडक संजाल वि.सं. २०५३ यता फस्टाउन सकेको छैन । पंचायती व्यवस्थाको वेला निर्माण भएको सडकहरु सो पछि मर्मत समेत हुन नसक्दा विसौ वर्ष देखि महोत्तरीवासीले कालोपत्रे सडकको मुख समेत हेर्न पाएका छैनन ।

६ लाख ११ हजार भन्दा वढी जनसंख्या रहेको महोत्तरीका सडकहरुमा खाल्डो,धुलो र वर्षाको समयमा हिलोले यात्रीहरुले भोग्न सम्मको सास्ती भोग्दै आएपनि सरोकारवाला निकायहरुले गुणस्तरिय सडक दिन सकेको छैन । जिल्लाको मुख्य सडकको रुपमा रहेको हुलाकी सडक अन्तर्गतको जनकपुर भिठामोड सडक,जलेश्वर हर्दी सडक,सम्सी,गौशाला माईस्थान सडक र जनकपुर,भ्रमरपुरा र संग्रामपुर सडक त्यसतै महोत्तरी,धनुषा र भारत समेत जोड्ने परिक्रमा सडक लगायतले अझै पुर्णता पाउन सकेको छैन ।

महोत्तरी स्थित हुलाकी सडक,परिक्रमा सडक तथा जिल्ला प्राविधिक कार्यालय र सडक डिभिजन कार्यालय लगायतका कार्यालयबाट समेत सयौ किलोमिटर सडक निर्माणाधिन छ तर कुनै सडकले अझै पुर्णता पाउन सकेको छैन । हुलाकी सडक अन्तर्गतको जनकपुर भिठामोड १८.५६ किलोमिटर सडक निर्माणमा न्युन कामदार परिचालन गरिएको छ भने जलेश्वर बर्दिवास सडक भरखरै ठेक्का प्रकृया अन्तिम चरणमा पुग्न लागेको छ ।

यता, जलेश्वर हर्दी सडकमा भरखरै कल्भर्टहरु निर्माणको प्रकृयामा छ भने सम्सी माईस्थान गौशाला सडकमा माईस्थान देखि गौशालासम्म पिच निर्माण भैसकेको छ । यता भ्रमरपुरा चोक संग्रामपुर सडक पहिले निर्माण भइसकेर जनताले उक्त सडकको सुख भोग गर्न नपाउदै अपग्रेडिंगको कार्य हुदै छ ।जनकपुर भिठामोड १८.५६ किलोमिटर सडकलाई दुई प्याकेजमा विभाजन गरि ठेक्का लगाइएको छ । पहिलो प्याकेज विग्ही देखि पर्सापुलसम्म ९ किलोमिटर प्रतिभा वाईपी जेभी ले ४३ करोड ५४ लाख ७२ हजार ८७४ मा ठेक्का लगाइएको छ । यता दोस्रो प्याकेज पर्सा पुल देखि भिठामोड सम्म ९.५६ किलो मिटर सडक आशिष पप्पु रोशन जेभी ले ४९ करोड ८९ लाख २० हजार ७०७ मा निर्माणको जिम्मा पाएको छ । दुवै प्याकेज २०७३।५।२३ गतेमा ३६ महिना भित्र निर्माण सम्पन्न हुने गरि जिम्मा दिइएकोमा हालसम्म पुर्ण सडकमा माटोको काम समेत सम्पन्न हुन सकेको छैन । आधी सडकमा ग्राभेल हालेर तत्काल आवत जावत सहज भने बनाइएको छ ।

यता जलेश्वर हर्दी सडक २७.१६ किलोमिटर निर्माण शर्मा पप्पु रोशन जेभीले गरिरहेको छ । सडक ७९ करोड ९५ लाखमा निर्माणको जिम्मा दिइएकोमा जलेश्वर देखि सम्सीसम्म अझै कुनै कार्यप्रगती देखिएको छैन भने सम्सी देखि हर्दीको वितमा केहि कार्य सुचारु रहेको देखिन्छ । त्यसतै सम्सी माईस्थान गौशाला सडकको कार्य ६० प्रतिशत सकेको सडकका ईन्जिनियर भुवनेश्वर यादवले वताए । उक्त सडकमा समेत धुलोले आजित भएपछि सम्सी गाउपालिका वडा नं. २ का वासिन्दाहरुले ट्रिपर नै नियन्त्रणमा लिएर एक दिन राखेका छन । उनीहरु सडकमा पानी हाल्न मांग राखेका छन ।

त्यसतै जलेश्वर बर्दिवास सडकको निर्माण जिम्मा दिने प्रकृया अन्तिम चरणमा छ । जिल्लका सवै मुख्य सहायक सडकहरु तथा पालिका तथा वस्ती जोडने सडकहरुको कुल लम्वाई ५ सय किलोमिटर भन्दा वढी छ । अझै भित्री सडकहरुको लम्वाई वारे सरोकारवाला निकायहरु समेत अनभिज्ञ छन ।

निर्माणाधिण सडकहरुमा हाल धुलोले मानिसहरु खोकी तथा अन्य रोगबाट पिडित हुन थालेपछि स्थानियहरुले तत्काल पानी छर्केर निर्माणलाई गति दिन मांग गरेका छन । सम्सी गाउपालिका वडा नं. २ निवासी शेष ईसमाईलले सडक निर्माण आफुहरुकै लागि भएकोले आफुहरु खुशी भएपनि निर्माण कम्पनीहरुले जानी जानी पैसा वचत गर्ने उदेश्यले उपकरणहरु थोरै प्रयोग गर्ने गरेको जनशक्ति समेत अपुग राख्ने गरेको तथा नियमित पानी हालेर सडकको काम गर्नु पर्नेमा सो नगरेको आरोप लगाए । यता जनकपुर भिठामोड सडकमा समेत पिपरा गाउपालिका निवासी दिनेश यादवले सोहि आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

हाम्रो प्यारो औरही नैनिगौरी!!
अन्य

हाम्रो प्यारो औरही नैनिगौरी!!

Next Post
दशैंका बेला उत्सव हुने प्रमुख शक्तिपीठहरु

दशैंका बेला उत्सव हुने प्रमुख शक्तिपीठहरु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist