
सुरेन्द्र सिंह
जनकपुरधाम । मिस नेपाल निकिता चंडक पहिलो पटक जनकपुरधाम आएकी छिन् । युवाहरुलाई लक्षित गरी हुन लागेको संगम युवा त्योहार कार्यक्रममा सहभागी हुन उनी शुक्रबार जनकपुरमा आइकी छिन । शनिबार इलेन इभेन्ट मैनेजमेन्टको आयोजनमा हुने कृषि, विज्ञान तथा कला प्रदर्शन कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहने संस्थाकी संयोजक रिती कर्णले जनाएकी छन् l

शनिबार हुने संगम युवा त्योहार कार्यक्रममा प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साह सहित जनकपुरका स्थानीय मोडेलहरु समेत सहभागी हुने पत्रकार सम्मेलन गरि जनाएको छ । तराई उर्वर भूमी भएपनि कृषि क्षेत्रमा उन्नती गर्न नसकेको भन्दै कृषि क्रान्तिकालागि उक्त कार्यक्रमा नया अवधारणा प्रस्तुत गर्न लागेको आयोजक संस्थाकी संयोजक रिती कर्णले जनाएकी छन् ।
आफ्नौ देशमा रोजगारीका अवसर सृजनागर्न जापान, न्युजिल्याण्ड र भारतको केरला राज्यमा भइरहेको वैज्ञानिक खेतीबारे अध्ययन गरी सोही तवरबाट तराईमा पनि खेतीगर्न सक्ने खालका उक्त कार्यक्रममा प्रस्तुत गर्ने संयोजक कर्णको भनाई छ ।
‘पाठ्यक्रममा अनिवार्य कृषि विषय समावेश गरि विद्यार्थीलाई पढाए उनीहरुलाई कृषिबारे पर्याप्त ज्ञान हुन सक्छ ।’ रितीले भनिन् ‘कक्षा ७ देखि नै विद्यार्थीलाई २ घण्टा खेतमा काम गराए उनीहरु १० या १२ कक्षासम्म मात्र पढेपनि देशमै स्वराजगार हुन सक्छ ।’
कार्यक्रममा फ्याशन शो, मिथिला पेन्टिङ, माटो कला, नाचगान, कला तथा विज्ञान प्रदर्शनी समेत हुने आयोजक संस्था इलेन इभेन्ट मैनेजमेन्टले जनाएको छ । जनकपुरको भैरवचोक स्थित मसाला कटेजमा दिनको २ बजेदेखि साँझ ७ बजेसम्म उक्त कार्यक्रम हुने बताइएको छ ।