निकेश खनाल
बर्दिबास असोज १३
महोत्तरीको बर्दिबासमा शुक्रवार सुरु भएको २ दिने निःशुल्क आँखा शिविरमा सेवाग्राहीको घुइँचो बढेको थियो । विगत ७ वर्ष देखि बर्दिबास क्षेत्रमा गुणस्तरीय सेवा दिंदै आएको बर्दिबासमा रहेको एक मात्र आँखा अस्पतालले समुदायका विद्यार्थीहरुको आँखा जाँच र आँखा स्वास्थ्य शिक्षा कार्यक्रम आफ्नै खर्चमा गर्दै आएका छ ।
बरिष्ठ नेत्ररोग विशेषज्ञहरुले मोतिबिन्दु,जलबिन्दु,आँखामा मासु बढेको,आँसुनली बन्द भएको १९ जनाको सफल अप्रेशन थियो । शिविरमा १ सय ७० जना विरामीलाई निशुल्क आँखा जाँच सेवा बर्दिबास आँखा अस्पतालले दिएको थियो ।