शिरिष समाचार दाता , आशिवन १३ गते ।
जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज जनकपुरधाम आइपुगेका छन् ।
भारतीय पेट्रोलियम तथा प्राकृति ग्यास मन्त्री धर्मेन्द्र प्रधानलाई धनुषाधाममा स्वागत तथा अभिनन्दन गरियेको छ । उक्त् कार्यक्रममा उनले हिन्दुधर्मावलम्बी हरु को धरोहर “धार्मिक रामायण सर्किट” त्रैतायुगिन प्राचीन धार्मिक पबित्र तिर्थस्थल धनुषाधाम धनुष मन्दिर दर्शन सङ्गै र जानकी मन्दिर दर्शर्णमा पुजा पाठ गरेका हुन । उहाँलाई धनुषाधाम नागरिक तथा मन्दिर महन्थ फुलमाला लगाए स्वागत समेत गरेका थिए । काठमाडौं वाट सिधै हेलिकप्टरबाट धनुषाधाम मा अवतरण गरेका मन्त्री प्रधानले नेपालमा समृधिको लागि युबा लाई सीपको आवश्यकता औल्याउँदै त्यसको लागि मित्र रास्ट्र भारत पहिला शिपमुलक बनाउन जोड दिने बताए । “शिव-धनुषवावा” मन्दिरमा पुजा आशीर्वाद तथा सीप मुलक स्थलगत अनुगमन त्यसपश्चात् विश्व पर्यटकिय एब्म प्रसिद्ध धार्मिक आस्थाका केन्द्र ऋषिमुनिको तपोधाम जनकनन्दनी माताको जन्मभुमि जनकपुरधाममा जनाकी मन्दिरको दर्शन गरेका छन् । कार्यक्रमको निम्ति नेपाल सरकारका उधोग वाणिाज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको विशेष पहलले भारतीय सरकारको सहयोगमा १० बिघहामा तालिम केद्र भवन बहुउद्देश्यीय निर्माणका लागि धनुषाधाम स्थान छ्नोट गरिएको रहेछ । कार्यक्रम मा धनुषा १ प्रतिनिधि सभा सद्स्य उधोग वाणिाज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको यसै प्रदेश ख सद्स्य राम चन्द्र मन्दल भारतिय राजदुतावास लगायत अन्य को उपस्थित रहेको थियो । मातृका यादव ले बताए भवन बन्न अगादै जहाँ भए भाडा मा लिएर पनि छितै तालिम शुरूवात गर्ने बताए ।