काठमाण्डौ, १२ असोज ।
राष्ट्रिय सूचना आयोगले काठमाण्डौमा महोत्तरी जिल्लाका क्रियाशिल पत्रकार राकेश प्रसाद चौधरीलाई उत्कृष्ट सूचनाको हकको अभियन्ताको रुपमा सम्मानित गरेको छ ।
सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पत्रकार एवं अभियन्ता चौधरीलाई कदर पत्र र तीस हजार नगदसहित सम्मानित गरेका हुन् । विशेष कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, आयुक्त यशोदादेवी तिम्सिना, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहितको मुख्य अतिथिहरुको उपस्थिती थियो ।
चौधरीसँगै सो विशेष अवसरमा अन्य छ जना सूचनाको हकको अभियन्ता एवं चारजना सूचना अधिकारीहरुलाई समेत कदरपत्र एवं नगदसहित सम्मानित गरिएको हो ।-शिस