रंजन भण्डारी
महोत्तरी,११ असोज ।
महोत्तरीमा एकलाख भन्दा वढीको पटाखा पक्राउ गरि नष्ट गरिएको छ । शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट जलेश्वरका ईन्चार्ज शसस्त्र प्रहरी निरिक्षक अम्मर राज बरामुको कमाण्डमा खटेको टोलीले बुधवार राती उक्त पटाखाहरु पक्राउ गरेको थियो । जलेश्वर भन्सार काार्यालयका प्रतिनिधी,प्रहरी तथा संचारकर्मीको रोहवरमा शसस्त्रले पटाखाहरु खाल्डोमा पुरी नष्ट गरेको हो ।
जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा स्थित सिमा नजिकै गस्तीको क्रममा पटाखाहरु पक्राउ परेको तर व्यापारी शसस्त्र प्रहरीलाई देखेर भागेको शसस्त्र प्रहरी निरिक्षक बरामुले बताए । नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत पर्वको मौका छोपी पटाखाहरु नेपाल भित्रिन सक्ने भन्दै सिमानाकामा कडाइ गरेको छ ।
महोत्तरीमा विजया दिपावली र छठ पर्वमा पटाखाहरुको अत्यधिक मांग हुने भएकोले नेपालमा प्रतिवन्ध रहेको पटाखाहरु व्यापारीले विभिन्न चोरवाटो हुदै भित्र्याउने गरेका छन । यसै महिना मात्र ईलाका प्रहरी कार्यालय गौशालाले समेत करिव एकलाख मोल वरावरको पटाखा नष्ट गरेको थियो ।