विजयकुमार साह
ढल्केवर ३०गते भदाै
विद्युत अवरुद् भएपछी मिथिला नगरपालिका ७ का जनताले ढल्केवरस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरेका छन् ।
वडा अध्यक्ष युवराज उप्रेती सहित गएको करिव एक सय स्थानियले विद्युत सुचारु गर्न माग गर्दै करिव ३ घण्टा विद्युत कार्यालय घेराउ गरी धर्ना दिएका थिए ।
ट्रान्सफर्मर विग्रिदा यस वडामा एक साता सम्म विद्युत अवरुद् भएपछि स्थानियवासी आक्रोसीत बनेका थिए ।
नेपाल विद्युत प्रधिकरणको सव स्टेसन घेराउ गरेपछि वाध्य भएर प्राधिकरणले तत्काल ट्रान्सफर जडान गरी विद्युत सुचारु गरेको छ । अहिले ५० केभी क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।