विजयकुमार साह
ढल्केवर, २० गते भदौ
जनतासँग अनावश्यक कर असुल्ने निर्णय गरेको स्थानीय सरकारको विरोध गर्दै धनुषा काँग्रेससले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरि सम्बन्धित नपा तथा गाउँपालिका प्रमुखहरुलाई कर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
यसै क्रममा धनुषाको मिथिला नगरपालिकाका प्रमुख हरिनारायाण महतोलाई कर घटाउन माग गर्दै काँग्रेसका नगरस्तरीय नेता कार्यकर्ताको समूहले ज्ञापनपत्र बुझाएका छन् ।
मेयर महतोलाई उनकै कार्यकक्षमा गएका नेपाली काँग्रेसका क्षेत्रिय सभापती एंव मेयरका प्रत्यासी राजकुमार महतोले ज्ञापनपत्र वाचन गरेर बुझाएका हुन् । त्यस अवसरमा नेपाली काँग्रेस धनुषाका जिल्ला कोषाध्यक्ष राजलाल महतो, नगरसभापति जोगी महतो लगायत क्रियाशिल सदस्यहरुको बाक्लो उपस्थिति थियो ।
ज्ञापनपत्र बुझाउनु अघि नेकाँका कार्यकर्ताहरुले जनतामाथि थोपारिएको अनावश्यक करको विरुद्मा ढल्केवर वजारमा प्रदर्शन गरेका थिए । नगरपालिका कार्यालय अगाडी कोणसभा गरी काँग्रेसका क्षेत्रिय सभापती राजकुमार महतोले एक साता भित्र अनावस्यक कर घटाएर समायोजन नगरे कडा सघँर्षमा उत्रन आफूहरु बाध्य हुने बताए ।