शिरीष सम्बाददाता
ढल्केवर १६ गते भदाै
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल धनुषाले मिथिला नगरपालिकामा संगठन विस्तार गरेको छ ।
शनिबार ढल्केवरमा आयोजित भेलाले नेपाल तरुण दलका मिनपा नगर सभापति महेन्द्र महतोको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ ।
सो अवसरमा नेकाका नगर सभापति जोगी महतो, महाघिवेशन प्रतिनिधि बासु पौडेल, तरुण दल धनुषाका उप सभापति कपलेश्वर महतो, क्षेत्रिय अध्यक्ष रामएकवाल यादव लगायत पार्टीका कार्यकताहरुको उपस्थिति रहेको थियो ।