शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मिथिलामा राखी पर्वको चहलपहल, रक्षा बन्धनका दिन प्रदेश २ मा सार्वजनिक विदा

शिरीष न्युज by शिरीष न्युज
भदौ ९, २०७५
0
मिथिलामा राखी पर्वको चहलपहल, रक्षा बन्धनका दिन प्रदेश २ मा सार्वजनिक विदा

 शिरीष सम्बाददाता

महेन्द्रनगर (धनुषा )९ गते भदाै

जनकपुर सहित मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छन् । सम्पूर्ण मिथिला क्षेत्रमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् । दिदीबहिनीहरु आफ्ना दाजुभाइको खोजीनिती गरिरहेका छन् । विवाह भएर गएका चेलीहरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् भन्ने पत्ता लगाएर राखी बाँध्न आउने निम्ता दिन व्यस्त छन् ।

त्यसैगरी अविवाहित चेली पनि कामविशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लीन छन् । दाजुभाइप्रति देखाइने प्रेम र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न बर्दिवासबजार पुगेकी बर्दिवास–३ गौरीडाँडाकी पूनम महतो बताउँछिन् । आउने आइतबारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिदो छ । मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) हरुको चहलपहल ह्वात्तै बढेको बर्दिवासस्थित जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले बताए । महोत्तरीसहितका मिथिलाक्षेत्रका चलचित्रघरले पर्वविशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले बटुवालाई समेत द्रवित बनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका नेपाली साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

चेलीहरुले अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिनपहिले देखि नै आआफ्नो कामबाट फुर्सत मिलाउन लागेको देखिन्छ । घरबाट कामविशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेको भनी गरिएको टेलिफोन संवादले चेलीहरु खुशीले दङ्ग देखिन्छन् । ‘‘भैया पञ्जाव स राखी पावैन के लेल ऐवाक् निश्चित भेल’’ (दाजु, राखी पर्वका लागि पञ्जाबबाट आउने निश्चित भयो), भङ्गाहा नगरपालिका–४ की १७ वर्षीया रामसखी मण्डलले खुशी व्यक्त गर्दै भनिन्, ‘‘आब राखी के जोगार मे लगैछि’’ (अब राम्रो राखी किन्ने छु) । पर्वविशेषमा दाजुभाइ, दिदीबहिनीका लागि राखीको कारोवार गर्ने व्यापारी उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीको भनाइ छ । पर्वका लागि अब केही दिन मात्र बाँकी रहँदा रक्षाबन्धनका बिभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फूर्सत नभएको सीतापुरबजारमा राखी बिक्री गर्दै आएका रामप्रताप साहले बताए ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्वविशेषमा यसअघि केही मनोमालिन्य रहेपनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नाले चेली र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको सरकारी सेवाबाट अवकाश लिएका जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८३ वर्षीय कृष्णचन्द्र झा बताउँछन् । पर्वविशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजीकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो साँस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मिथिलाबासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने चलन पनि बाक्लै देखिन्छ ।

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण चाहिँ दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी साँस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीमा पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधीदिन पर्वको तयारीमा लागिपरेका देखिन्छन् ।

पछिल्ला दिनमा यो पर्व हिन्दू धर्मावलम्बीको मानिँदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै गएको जलेश्वर–१ स्थित दारुल उलुम कादरिया रसिदिया मदर्सा (ऊर्दू भाषाको माध्यमिक तहको विद्यालय) का प्रधानाचार्य (हेड मदरिस) अशरफ रजाको ठम्याइ छ ।

रक्षा बन्धनका दिन प्रदेश २ मा सार्वजनिक विदा

हिन्दूहरुको चाड जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा प्रदेश नं २ सरकारले आइतबार (भदौ १० गते) सार्वजनिक विदा दिएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार सार्वजनिक विदा दिइएको र हर्षोल्लासका साथ रक्षा बन्धन मनाउन अपिल गरेका छन् । उनले शुभकामना सन्देश दिदै अपिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक
समाचार

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित
राष्ट्रिय

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न

Next Post
भाईबहिनीको पर्व रक्षाबन्धन मिथिलाञ्चलम धुमधामसंग मनाईदै, प्रदेश २ मा सार्वजनिक विदा

भाईबहिनीको पर्व रक्षाबन्धन मिथिलाञ्चलम धुमधामसंग मनाईदै, प्रदेश २ मा सार्वजनिक विदा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist