धनुषाकाे यज्ञभुमि मुलाबारीकी पुष्पा अधिकारी अनाथ बालबालिकाहरुकाे लागि एक सफल अामा बनेकी छिन् । आफ्नो बाल्यकाल गाँउमा बिताइ आजको दिनमा साना अनाथ नानीहरुको सहारा बनेकी पुष्पालाई आफ्नो बाल्यकाल देखि नै गरिब र असहायको सेवा गर्ने इच्छा थियो । अहिले त्यो इच्छा पुरा भई रहेको महसुस गर्दछिन् ।
पुष्पाले केयर गल्स होस्टेल, केयर बाल गृह र ब्लेक रिभर कन्सलटेन्सीको संचालिका रहेकी छिन् ।
आज भोलि आफ्नो घर परिवार भन्दा टाढा भएर पनि साना साना अनाथ नानीहरुको शिक्षा दिक्षा तथा पालन पोषणमा व्यस्थ जिवन बिताएको बताउँछिन् । चाड पर्व सुख सबै नानीहरुको बिचमा रमाएर बाचि रहेकी छिन् पुष्पा ! स्याहार सुसारमा कर्मचारीको भर नपरि आफैले पुरा समय दिने गरेकी छिन् ।
यी नानीहरुको साथमा दिन बिताउन पाउँदा दुख बिर्सि सुखको जिवन बाचिरहेकी छिन् । अहिलेको जमानामा कस्ले एक अर्काको हात समाइ चल्न खोजछन् अरुको दुखलाई आफ्नो ठानि बाच्न खोज्छन्, तर उनी यी टुहुरा बालिकाको साथ मात्र होइन की सबै अनाथ नानीहरुको आमा बुबा भई जिवन यापन गर्दै हिडिरहनु भएकी छिन् ।
ती नानीहरुका पुष्पा बाहेक यो संसारमा कोही छैनन्। जसरी पुष्पाले ती बच्चाहरुलाई आफ्नो सन्तान मानेका छिन्, त्यसैगरी ती सबै बच्चाहरुले पुष्पा लाई आमा मानेका छन् ।
पुष्पाको लक्ष्य “यी सबै नानीहरुलाई स्याहार सुसार मात्र होइन कि राम्रो जिवन शैलि, पठन—पाठन गराई यिनी सबैलाई आफ्नो खुट्टामा उभिन सक्ने, सफल व्यक्ति बनाउने ” चाहाना बोकेकी छिन् ।
-शिरीष डेक्स