बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

देशको कयापलट गर्ने अभियानमा सरकार जुटेको छ :प्रधानमन्त्री ओली।अबको मुलुक समृद्ध र बिकास तर्फ उन्मुख ः अध्यक्ष दाहाल

शिरीष न्युज by शिरीष न्युज
भदौ २, २०७५
0
देशको कयापलट गर्ने अभियानमा सरकार जुटेको छ :प्रधानमन्त्री ओली।अबको मुलुक समृद्ध र बिकास तर्फ उन्मुख ः अध्यक्ष दाहाल

जनकपुरधाम, २ भदौ
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कयापलट गर्ने अभियानमा सरकार जुटेको बताएका छन् ।
शनिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित बरमझियामा आयोजित शहिद रामबृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी अन्त्य गरि मुलुकको कलापलट गर्ने योजनाका साथ अघि बढ्ेको छ, ५ बर्षभित्र मुलुकको स्वरुप फेरिने बताए । अब संघर्ष होईन्, मुलुकको गरिबी हटाउन र सम्बृद्धिमा जुट्न सबैसँग उनले आग्रह समेत गरे ।
व्यवहारिक रुपमा मुलुकको गरिबी हटाउन सरकार दृढताका साथ अघि बढ्ेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा २ नम्बर प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गरिने बताए ।
उनले २ नम्बर प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी समेत दिए।
प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नको लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताए ।
उनले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताए ।
उनले तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन तर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सकिए छिटै सम्बृद्ध हुने बताए ।
कोशी नदीमा पानी जहाज चलाएर कलकताबाट समान ल्याउने सरकारको योजना रहेको उल्लेख गर्दै नेपालको झण्डा फरफराएर हिँडेको पानी जहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भने–“जनताले नेतृत्वको लागि जनमत दिएर आफुहरुलाई पठाएको हो, अव हाम्रो मूख्य काम भनेकै जनताको सेवागर्नु हो, त्यसप्रति हामी प्रतिबद्ध छौं ।”
अव कुनै नेपाली जनता खाना विना र अपहेलित भएर बाच्नु नपर्ने दावी गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताले देखेको सम्बृद्धिको सपना वर्तमान सरकारले पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सुनकोसी र कमला नदीलाई डाइभर्सन गरी तराईको खेतियोग्य जनिमनमा सिंचाई गर्ने र नपुका ठाउँहरुमा सोलरपावरबाट सिचाई गरी उन्नत तरिकाले कृषि उत्पादनहरु गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अवको दिनमा यो खण्डेखेति प्रणलीलाई विस्थापन गरि सहकारीको माध्यमबाट प्लटसिष्टमबाट खेतिगरी उत्पादनमा वृद्धिगर्ने योजना सरकारले बनाएको बताए।
स्मृतिसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभित्र समृद्ध नेपाल बनाउने कुरालाई ध्यानमा राखेर अघि बढ्ेको बताए ।
हामीलाई चुनाब जित्नु र हार्नु भन्दा पनि देश र जनतालाई सम्बृद्ध बनाउने लक्ष्यका साथ अघि बढ्ेकोले ५ बर्षभित्र जनताको सम्बृद्धको सपना पुरा गर्ने दाबी गरे ।
२ नम्बर प्रदेश अन्य प्रदेश भन्दा उत्कृष्ट र सम्बृद्ध प्रदेश नभएसम्म मुलुक सम्बद्ध हुन नसक्ने जिकिर गर्दै उनले २ नम्बर प्रदेश अर्थात मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत सबै कुरा समेटेर बिशेष प्याकेज ल्याइएको स्पष्ट पारे ।
मधेशकै लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफु प्रधानमन्त्री भएकै बेलामा अघि बढेको जानकारी दिदै उनले अब कुनै पनि बाहानामा हुलाकी राजमार्गको काम नरोकिने दाबी गरे ।
आवश्यकता र ओचित्यका आधारमा संबिधान संशोधन गर्ने सहमति अनुरुप संघीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै यही सहमतिलाई टेकेर राजपा पनि सरकारमा सहभागि भई देशलाई सम्बृद्ध बनाउन अभियानमा जुट्नुपर्ने बताए ।
सरकारमा सहभागिता बारे राजपाका नेताहरुसँग निरन्तर छलफल भईरहेकोले राजपा पनि सरकारमा सहभागि भई सम्बृद्धिको अभियानमा जुट्ने विश्वास समेत व्यक्त गरे।
तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता रहेको समेत अध्यक्ष दाहालले बताए ।
वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै अध्यक्ष दाहालले भने–“जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाहीबारे सच्याउने आँट गर्नुपर्छ।
धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उनले स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको समेत बताए ।
सो सभालाई उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले पनि सम्बोधन गरेका थिए।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
मुस्लिम धर्मावलम्बीहरुको चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा भाद्र ६ गते सार्वजनिक विदा

मुस्लिम धर्मावलम्बीहरुको चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा भाद्र ६ गते सार्वजनिक विदा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist