शिरीष सम्बाददाता
महोत्तरी, १ भदाैं
महोत्तरीमा विहीवार ९९ जना छात्राहरुलाई विशेष लक्षित, अति जोखिम तथा रोल मोडल छात्रवृति वितरण गरिएको छ ।
नेपाल छात्रवृति कार्यक्रम परियोजना अन्तर्गत कक्षा १ देखि स्नातक तहमा अध्ययनरत दलित छात्राहरुलाई छात्रबृति दिइएको हो । छात्रवृतिमा मासिक न्यून्तम चारसय देखि दुई हजारसम्म दिइएको छ ।
छात्रृवति रकम तीन तीन महिनामा दिने गरिन्छ । छात्रवृति वितरण कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ महोत्तरीका अध्यक्ष बिक्रम पासवानले छ बर्षदेखि संचालित परियोजनाको कारण दलित समूदायले छोरी पढाउनतर्फ ध्यान दिएको बताए । कार्यक्रममा उपस्थित वक्ताहरुले बालिकाहरुलाई दिइने छात्रवृतिले बालविवाहमा कमी ल्याएकै कारण विद्यालयमा दलित समूदायको बालिकाहरुको उपस्थिती बढेको हो ।
छात्रबृति वितरण कार्यक्रममा जलेश्वर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बरुण दहाल, राष्ट्रिय माध्यमिक विद्यालय सिमरदहीका प्रधानाध्यापक राजकिशोर चौधरी, साझा आवाज परियोजनाका सिजेन्द्र सदा, इन्डस परियोजनाका शंभू रैका,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ महोत्तरीका कोषाध्यक्ष बेचु रामसहितको उपस्थिती थियो ।
महोत्तरीको १२ वटा विद्यालय एवं क्याम्पसमा अध्ययनरत ९९ जना छात्रालाई छात्रवृति वितरण गर्न १ लाख ८९ हजार ३ सय रुपैया खर्च भएको कार्यक्रम अधिकृत प्रेम जैरुले जनाए ।