बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने खबरले जनकपुर तरंगित

शिरीष न्युज by शिरीष न्युज
भदौ १, २०७५
0
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने खबरले जनकपुर तरंगित

भाद्र १, श्यामसुन्दर शशि

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ । नगरको चिया पसलदेखि गाउँघरका चौपालसम्म यसै विषयमा वहस हुन थालेको छ ।राष्ट्रिय जनता पार्टी सम्बद्ध केही केन्द्रिय नेताहरुले यसलाई खुलेरै विरोध गरेपछि यस विषयले थप चर्चा पाएको हो। जबकी प्रधानमन्त्री त्यही पार्टीका मुख्यमन्त्रीको निमन्त्रणामा आएन लागेका हुन्।

ओलीको प्रदेश सभामा सम्वोधन गर्ने विषय सार्वजनिक भए लगतै राष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता एवं पूर्व सांसद डा. विजयकुमार सिंह आफ्नो फेसबूक वालमा लेखेका थिए, ‘सामान्य परिस्थितिमा संघीय कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओलीद्वारा प्रदेशसभालाई गर्ने संबोधित नसुहाउँदो (उहाँकै शब्दमा ‘अटपटा’) मात्र होईन सर्वथा बेतुकको हो। प्रादेशिक स्वायत्त्तालाई मजाक उडाउदै यो गणतन्त्रको अनौठो ‘नेपालीपन’ त होईन?’
तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष डा. सिंहको उक्त अभिव्यक्तिमाथि प्रतिक्रृया दिंदै राजपा उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले लेखे, ‘संविधान वा प्रदेशसभा नियमावलीमा प्रधानमन्त्रीले सम्वोधन गर्न सक्ने यस्तो कहि कतै छ की? जुन व्यक्ति सभाको सदस्य छैनन्, त्यो कसरी सभामा प्रवेश गरेर सभालाई सम्वोधन गर्ने छन्? कुन नियमले?’
बौद्धिक नेताको छवि बनाएका राजपाका यी दुई नेताको सार्वजनिक अभिव्यक्तिले तातेको जनकपुर, प्रदेशसभा सदस्य उपेन्द्र महतो तथा मनिष सुमनको अभिव्यक्तिले थप उद्देलित बनेको छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजासमेत रहेका प्रदेशसभा सदस्य महतोले प्रधानमन्त्री ओलीको प्रदेशसभामा हुने सम्वोधनलाई बहिष्कारसम्म गर्ने चेतावनी दिएका छन्।
ओलीलाई खुला पत्र शीर्षकमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, जून प्रदेशमा तपाई आउँदै हुनुहुन्छ त्यहाँका माननीय मुख्यमन्त्रीज्यूले पनि तपाईलाई पत्र लेखेर नै तपाईको सरकारले हामीमाथि गरेको विभेद बारे आफ्नो असन्तुष्टि जाहेर गरिसकेका छन्। न हाम्रो माग पूरा गर्ने, न हाम्रो अधिकारको कुरा गर्ने, न संविधान संशोधन गर्ने, न प्रदेश सरकारसंग उचित व्यवहार गर्ने, अनी किन तपाईलाई प्रदेश–२ मा स्वागत गर्ने, किन तपाईंको सम्बोधन सुन्ने हामी?’
राजपाकै प्रदेशसभा सदस्य मनिष सुमनले प्रधानमन्त्री ओलीको प्रस्तावित सम्वोधनको विरोध नगरे पनि उनलाई आफ्नो सम्वोधनको क्रममा मधेसी जनतासँग क्षमा याचना गर्न आग्रह गरेका छन्। आफ्नो फेसबूक वालमा उनले प्रधानमन्त्रीलाई मधेस विरोधी आफ्ना पूर्व अभिव्यक्तिहरुका कारण मधेसी समुदायसंग क्षमा याचना गर्न, संविधान संशोधनको समय सीमा निर्धारण गर्न, मधेस आन्दोलनकर्मीहरुमाथि लगाईएको झुठा मुद्दा फिर्ता गर्ने तथा रघु साफी लगायतलाई शहीद घोषणा गर्ने विषयमा प्रदेशसभामा घोषणा गर्न आग्रह गरेका छन्।
राजनीतिकमर्मी मात्र होइन, अन्यले पनि यस विषयमा मत जाहेर गरिरहेका छन्। राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा ओलीको प्रदेशसभामा गर्ने भनिएको सम्वोधनलाई अप्रासंगिक मान्छन्। ‘यो संघीय संरचनालाई पुन: केन्द्रियकृत गर्ने दुष्चक्र मात्र हो। प्रधानमन्त्रीले प्रदेशसभालाई किन सम्वोधन गर्ने? यसको जवाफ आम नागरिकलाई दिनु पर्दछ।’ उनी
प्रदेशको अधिकार, संविधान संशोधन आदि विषयमा संघीय सरकारसँग असन्तुष्ट रहने मुख्यमन्त्री लालबाबू राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएर प्रदेशसभामा बोलाएको मा आक्रोशित देखिए।
तर प्रधानमन्त्री ओलीको पार्टीका नेताहरु भने यस प्रकारको भनाईबाट असन्तुष्ट छन्। उनीहरुको भनाईमा केही मधेस केन्द्रित दलका नेताहरुको आचरणले प्रदेश २ का आम नागरिकले दुख पाएका छन्। ‘भारतका प्रधानमन्त्री जनकपुर आउदा खुशीयाली मनाउने मधेस केन्द्रित दलका नेताहरु आफ्नै प्रधानमन्त्री आउन लाग्दा किन दुखी छन्? बुझ्न सकेको छुईन’ नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेशसभा सदस्य सत्यनारायण मण्डल भन्छन्।
मधेसमा मधेस आन्दोलन ताका तत्कालिन एमाले अध्यक्ष ओलीलगायतका तत्कालिन एमाले नेताहरुले दिएको अभिव्यक्तिप्रति अझै असन्तुष्टि छ। यद्यपी संघीय सरकारमा समेत रहेको संघीय समाजवादी पार्टीका नेताहरु भने मध्यमार्गी देखिएका छन्। प्रदेशसभा सदस्य रामाशीष यादव समस्याहरुको मिलेर समाधान गर्ने बेला भएको बताउँछन्।
स्वागतको भव्य तयारी
राजपाका नेता–कार्यकर्ता तथा स्थानीय केही युवा संघसंगठनहरु विरोध गर्ने गृह कार्यमा जुटेपनि नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको जनकपुर भ्रमणलाई भव्य जुटेका छन्।
प्रधानमन्त्री ओलीसंगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि शनिवार विहान साढे १० वजे जनकपुर आउने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले विहान ११ वजे प्रदेश २ को प्रदेशसभालाई सम्वोधन गर्ने कार्यक्रम निर्धारण गरिएको छ। उनीसंगै आउने पूर्व प्रधानमन्त्री दाहालको कार्यक्रम भने स्पष्ट भइसकेको छैन।
प्रदेशसभामा सम्वोधनपछि ओली र दाहाल दुवैले पूर्वी धनुषाको बरमझियामा आयोजित शहिद रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यत्रम छ। कार्यक्रममा २० हजार अधिक पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहने दावी पार्टी नेताहरुले गरेका छन्।
माओवादी नेता शहिद रामबृक्ष यादवलाई २०५१ साल भाद्र २ गते उनको गाउँ बरमझिया नजिकै हत्या गरिएको थियो।-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
छात्रवृति कार्यक्रमले बालविवाहमा कमी

छात्रवृति कार्यक्रमले बालविवाहमा कमी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist