शिरीष सम्बाददाता
सिड्नी
श्रावण २३ गते सम्पन्न भएको बैठकबाट नेपाल रिपोर्ट्सले नयाँ सदस्यहरुको चयन गरेको छ | पुरानो कार्यसमितीलाई फेर बादल गरी नेपाल रिपोर्ट्सको कार्यकारी अधक्ष्य रोशन खतीवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको संरक्षक / प्रकाशक डीला खरेल रहनू भएको छ भने प्रमुख कार्यकारी अधिकृत (CEO) रोशन खतिवडा रहनु भएको छ भने अध्यक्षमा अन्तरास्ट्रिय बिद्यार्थी संघ CISA का अध्यक्ष, बिजय सापकोटा रहनु भएको छ। करिब ७ लाख अन्तरास्ट्रिय विद्यार्थीहरुको नेतृत्व गर्दै आउनु भएका अध्यक्ष सापकोटाले बिद्यार्थीहरुको हक र हितका लागि सदैव समर्थन गर्ने जानकारी दिनु भएको छ।
यसैगरी कार्यकारी सदस्यमाहरुमा प्रशासन तर्फ UTS Overseas Student Officer तथा Secretary of Rotaract club,UTS का रिश्ता शन्कर , प्रमुख सम्पादकमा विशाल बराल, क्रियटिभ डिजाइन तर्फ प्रकाश भट्टराई , प्रोडक्सन तर्फ ब्रसिस सुवाल, लोचना कटुवाल ,सुदिप सापकोटा, गणेश ठकुरी ,अबिन्द्र थापा र मनिष कोइराला रहनु भएको छ। सन् २०१४ मा स्थापित उक्त संस्थामा सल्लाहकारहरु हेमन्त काफ्ले, मनरिशी धिताल ,दीपक खड्का रहनु भएको छ।
“सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण विचार, विमर्श, मनोरन्जन र विश्लेषण” मुल उदेश्यका साथ आगामी दिनहरुमा संस्थाले आफ्नो कार्यहरु सफलताका साथ अगाडि बढाउने अठोट गरेको छ।
कार्यसमितिका सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा आगामी दिनको सफलताको लागि लाखौंलाख शुभकामना छ |