शिरीष सम्बाददाता
धनुषा/साउन २७
धनुषाको अम्बर मण्डलले आईतवार राष्ट्रिय सभागृह काठमाडौंमा सम्मान पाएका छन।आईतवार अन्तर्राष्ट्रिय युवा दिवस तथा राष्ट्रिय युवा प्रतिभा सम्मान समारोह कार्यक्रम विच शहिदनगर नगरपालिका वार्ड नम्बर ७ धबौलीका प्रतिभाशाली,युवा बैज्ञानिक अम्बर कुमार मण्डलले राष्ट्रिय सभा गृह काठमाडौमा सम्मान पाएका छन।
मण्डलले गहुँ काट्ने ‘नारा एग्रो मेशिन’ र अन्य कृषि उपयोगी उपकरण आविष्कार गरी सफल परीक्षण गर्न सफल भएकाले सो पुरस्कार प्रदान गर्न लागिएको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ।मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिएको थियो। सोही क्रममा मण्डललाई पनि उक्त सम्मान दिएको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथि उप-प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले रु.एक लाखको चेक दि मण्डललाई सम्मान गरेका थिए।साथै शहिदनगर नगरपालिकाको मेयर उदय कुमार बरबरिया यादवले शहिदनगर नगरपालिका जन्ता र युवाहरुमा अम्बर मण्डलले एउटा साहस र उत्प्रेरकको रूपमा रहेको बताए र बधाई दिए।