शिरीष सम्बाददाता
महोत्तरी,२७ साउन ।
१९ औ अन्तराष्ट्रिय युवा दिवशको अवसरमा संचारकर्मी रंजन भण्डारीलाई युवा सम्मान २०७५बाट सम्मानित गरिएको छ । जिल्ला युवा समिति महोत्तरीको सहकार्य र शान्ति तथा विकासका लागि युवा संजाल महोत्तरीको आयोजनामा संचालित युवा सम्मान कार्यक्रममा उहालाई सम्मानित गरिएको हो ।
संचारकर्मी भण्डारीले युवाको क्षेत्रमा उल्लेख्य योगदान गरेको तथा युवा वैदेशिक रोजगारीमा जानु परेको पिडालाई उजागर गरि स्वदेशमै रोजगारीको अवसरहरु उपलब्ध गराउन समाचारको माध्यमले आवाज उठाउदै आएका छन । उनी युवाको लागि खेलकुद,स्वास्थ्य,समाजसेवा,शिक्षा तथा रोजगारका क्षेत्रमा अवसर वारे समेत आवाज उठाउदै आएका हुन । उनी नयाँपत्रिकाका महोत्तरी सम्वाददाता हुन ।
यता उहासंगै चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकि डा.पिंकि साह,युवा उद्यमी रोहित चौधरी,मानवअधिकारकर्मी देव कुमार महतो,युवा नेता सुदिप कुमार झा,शिक्षाविद राजकिशोर झा,निजामति सेवा तर्फका प्रसासकिय अधिकृत शम्भु यादव,समाजसेवी वैद्यनाथ चौधरी,महिला नेत्री तथा एकडारा गाउपालिकाकि उपाध्यक्ष महजवी खातुन,समाजसेवी मिन्टु पाण्डेय गरि १० जना सम्मानित भएका हुन ।
सम्मानित व्यक्तित्वहरुलाई जिल्ला समन्वय समिति संयोजक सुरेश प्रसाद सिंह,प्रमुख जिल्ला अधिकारी उमेश कुुमार ढकाल,शसस्त्र प्रहरी उपरिक्षक विश्वेश्वर थापा,जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित कार्यालय प्रमुख डिएसपी खगेन्द्र प्रसाद खड्का,एकडारा गाउपालिका अध्यक्ष रामछविला साह,जलेश्वर नगरपालिका कि उपप्रमुख मुनचुन देवि लगायतका उपस्थित अतिथिहरुले बधाई दिएका थिए । कार्यक्रमको अध्यक्षता शान्ति तथा विकासका लागि युवा संजालका कार्यकारी निर्देशक सत्येन्द्र यादवले गरेका थिए ।
कार्यक्रममा आयोन नेपाल,इन्टरनेशनल पिस युथ ग्रुप,लेटस डु इट,युनोय,राष्ट्रिय युवा परिषद,सामाजिक विकास मन्त्रालय,जिल्ला समन्वय समति,जलेश्वर नगरपालिका,एकडारा गाउपालिका,सामाजिक सेवा परियोजना,मरुवाही युवा क्लव,हनुमान युवा क्लव,ग्रामिण महिला ससक्तिकरण परियोजना,मुस्लिम विकास तथा कल्यान समिति,सृजनशिल महिला उत्थान केन्द्र,सोनामाई विकास परियोजना समेतले सहकार्य गरेका थिए ।