विनय कुमार यादव,
जनकपुरधाम, २६ साउन ।
धनुषाको जनकपुर–ढल्केवर सडकखण्डमा ट्रिपरले एक मोटरसाइकललाई ठक्कर दिँदा मोसा चालक गम्भीर घाइते भएको छ । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत् क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित रहेको पुल नजिकै शनिबार दिउँसो करिब पौने २ को समयमा ढल्केबरबाट जनकपुर गइरहेको बा. ८ ख. ११७० नम्बरको ट्रिपरले विपरीत दिसाबाट आउँदै गरेको ज. १० प. ८४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोसामा सबार धनुषाको धनुषाधाम नगरपालिका– ५ नौसय बिघा (उत्तरबारी टोल) निबासी गुलाम दासका २६ वर्षीय छोरा उमेश दास गम्भीर घाइते भएका हो । ठक्करबाट दासको अबस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यता, ठक्कर दिने ट्रिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।