शिरीष सम्बाददाता
धनुषा, साउन ११ गते ।
नाम परिवर्तन गर्न खोजेको भन्दै धनुषाको नगराईन नगरपालिकामा असन्तुष्ट वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।
मेयर परमेश्वर यादवले गोप्य रुपबाट परिषद मार्फत नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्र नारायण निधि नगरपालिका राख्न खोजेपछि असन्तुष्ट ४ जना वडाध्यक्षहरुले शुक्रबार तालाबन्दी गरेका छन् । तालाबन्दी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि केहिबेर प्रहरीसंग धक्काधुक्की समेत भएको थियो । प्रहरीको संखया कम भएकाले वडाध्यक्ष लागायत स्थानीहरुले प्रहरीलाई धक्लेर हटाउँदै तला लगाएका थिए ।
असन्तुष्ट वडाध्यक्षहरुले नाम परिवर्तन नै हुने भए सहिद दुर्गानन्द झा, लक्ष्मी नारायण झा अथवा जमूना नदीको नामबाट हुनुपर्ने माग गरेका छन् ।
स्वर्गीय महेन्द्र नारायण निधि नेपाली काँग्रेसका उपसभापति तथा पुर्ब गृहमन्त्री बिमलेन्द्र निधिका बुवा हुनुहुन्थ्यो ।