मङ्लबार, माघ ६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जति सञ्चालक फेरिए पनि सुध्रिएन जानकी मेडिकल कलेज

शिरीष न्युज by शिरीष न्युज
साउन ९, २०७५
0
जति सञ्चालक फेरिए पनि सुध्रिएन जानकी मेडिकल कलेज

अजित तिवारी

जनकपुर २०७५ साउन ९गते

डा. गोविन्द केसी चिकित्सा शिक्षा र सेवा सुधारका माग राखी अनशनमा रहेका बेला ग्रामीण क्षेत्रमा खुलेको जानकी मेडिकल कलेजको बेहाल छ । धनुषाको रमदैयास्थित कलेजका विद्यार्थी र कर्मचारीको आधा वर्ष आन्दोलनमै बितेको छ । समयमा पढाइ हुँदैन । कर्मचारीको महिनौंसम्मको तलब भुक्तानी बाँकी रहन्छ ।

एमबीबीएस ५ औं सेमेस्टरका विद्यार्थीले यसवर्ष तोकिएको समयमा अन्तिम प्रयोगात्मक परीक्षा दिन सकेनन् । १५ महिनाको तलब भुक्तानी माग्दै कर्मचारीले वैशाख १० देखि कलेज र शिक्षण अस्पताल ठप्प पारेपछि जेठ १९ देखि असार ३ सम्मलाई तोकिएको परीक्षा रोकियो । आन्दोलनलगत्तै व्यवस्थापक सम्पर्कविहीन भइदिए । विद्युत् प्राधिकरणले महसुल बक्यौता धेरै भएको भन्दै बिजुली काटिदियो ।

कलेज कर्मचारी संघका अध्यक्ष उमेश यादवका अनुसार तलबकै लागि २० औं पटकभन्दा बढी आन्दोलन गर्नुपरेको छ । विद्यार्थी काठमाडौं नै पुगी चिकित्सा शिक्षासँग जोडिएका सबै निकाय गुहारे । तर सुनुवाइ भएन । ‘कलेजविरुद्ध ठगी मुद्दा हाल्ने तयारी पनि गर्‍यौं,’ एक विद्यार्थीले भने, ‘त्यसपछि मात्रै व्यवस्थापक सम्पर्कमा आए ।’

कर्मचारीको करिब १५ महिनाको तलब र करोडौं ऋणमा डुबेको कलेजले पछिल्लो समय समस्या सुल्झाउन अध्यक्ष नै फेर्‍यो । काठमाडौं बस्ने सर्लाहीका ओमप्रकाश पाण्डेलाई असार दोस्रो साता अध्यक्ष नियुक्त गरियो । कलेजका संस्थापक लगानीकर्तामध्येका एक पाण्डेबाहेक जानकी कलेज अरूले चलाउन नसक्ने तर्क गर्नेहरू धेरै छन् । पाण्डेले कलेजको कमान्ड सम्हालेपछि आन्दोलनरत कर्मचारीसँग सहमति भए पनि पढाइ अझै सुरु भएको छैन । कर्मचारी पनि काममा फर्किएका छैनन् ।

२ महिनाको तलब असारको २८ गते भुक्तानी गरिएको छ । बक्यौता महसुल तिरेपछि कलेजमा विद्युत् सेवा सुचारु भएको छ । कलेज र अस्पताल सञ्चालनमा ल्याउन आइतबार पनि व्यवस्थापक र कर्मचारीबीच वार्ता भएको कर्मचारी संघर्ष समिति अध्यक्ष उमेश यादवले बताए । कलेज र अस्पतालमा कार्यरत करार कर्मचारी हटाउने वा राख्ने विषयमा कुरा नमिल्दा कलेज पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उनको भनाइ छ ।

संघर्ष समिति सदस्य सञ्जय चौधरीका अनुसार नयाँ अध्यक्षले वाचा गरेअनुसार काम नभएकाले हल निस्कन सकेको छैन । ‘साउन १० गतेसम्म ४ महिनाको तलब दिने सहमति थियो,’ उनले भने, ‘अहिलेसम्म कतिलाई २ महिना र कयौंलाई १ महिनाको मात्रै तलब दिइएको छ ।’

अध्ययनरत विद्यार्थी कलेजकै लापरबाहीले भविष्य असुरक्षित भएको बताउँछन् । ‘कहीं–कतै बोले परीक्षामा देखाइदिन्छु भन्दै त्रास देखाइएको छ,’ एक विद्यार्थीले भने, ‘हाम्रो समस्या न कलेज व्यवस्थापकले सुन्छन् न अरू निकायले ।’ विद्यार्थीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । परीक्षा रोकिएपछि आइओएम टोली कलेजको अवस्था बुझ्न आएको थियो । केशव उप्रेती, रोहित पोखरेल र डा. ओम बरालको टोलीले विद्यार्थी र कर्मचारीसित भेटेर तयार पारेको प्रतिवेदन बुझाएको २ महिना बितिसके पनि आइओएमले समस्याबारे केही बोलेको छैन ।

कलेजमा एमबीबीएसका ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नर्सिङमा २ सय र बीएस्सी नर्सिङमा ५० जना विद्यार्थी पढ्छन् । १६ वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजले पहिलो वर्ष एमबीबीएसको ६० कोटा पाएको थियो । त्यसपछि ८० र १ सय २० सम्म पाएको कलेजको एमबीबीएस कोटा पछि ६० मा झारिएको थियो ।

व्यवस्थापक फेर्दै, समस्या टार्दै
जानकी मेडिकल कलेज स्थापनायता ७ पटक व्यवस्थापक फेरिएका छन् । विद्यार्थी भर्नाका बेला कलेज व्यवस्थापन चुस्तदुरुस्त देखाइने गरे पनि त्यसपछि लथालिंग बन्ने गरेको छ । स्रोतका अनुसार नयाँ भर्नाका बेला एकमुष्ट करोडौं आउने भएपछि व्यवस्थापकले कलेज र अस्पताललाई सके जति व्यवस्थित देखाउने प्रयास गर्छन् । पढाइ सुरु भएपछि उनीहरू कलेज आउनै छाड्छन् । त्यसको असर कर्मचारीको तलब र विद्यार्थीको पढाइमा पर्ने गरेको छ ।

कर्मचारीको बक्यौता तलब र प्रभु बैंकको १ अर्ब ६० करोड ऋणकै कारण व्यवस्थापक सम्पर्कमा आउन चाहँदैनन् । कर्मचारी आन्दोलन लम्बिएपछि प्रबन्ध निर्देशक (एमडी) राजेश थापाले कलेज राम्रोसँग सञ्चालन गर्न र सबै समस्या सुल्झाउन अध्यक्षमा पाण्डेलाई ल्याइएको बताएका थिए । तर, पाण्डेले कलेजको कमान्ड सम्हालेको महिना दिन पुग्दा पनि समस्या ज्यूँका त्यूँ छ ।

‘व्यवस्थापन परिवर्तनसँगै कलेजमा सुधार हुने अपेक्षा थियो तर झन् खस्कियो,’ कर्मचारी चौधरीले भने, ‘जो आए नि कलेजलाई सुधार्न चाहेनन्, आफ्नो स्वार्थ मात्र हेरे ।’-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा
पत्रपत्रिका

प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी
अन्तर्वार्ता

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी

नेकपा विभाजन : स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?
पत्रपत्रिका

नेकपा विभाजन : स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

Next Post
प्रदेश २ को मन्त्रीमण्डल तेस्रो पटक विस्तार

प्रदेश २ को मन्त्रीमण्डल तेस्रो पटक विस्तार

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist