मेरा अधिर ,मनहरू, हर्नेपनि,तिमी ।

अहोरात्र, खुशीहरु, छर्नेपनि, तिमी ।
आदर्शका सुन्दर, आकार, कोर्न सिकाएर
जीवन यात्रा ,आरम्भ, गर्नेपनि तिमी ।
छिनमै जिन्दगानी, यहाँ ,कायापलट हुन्छ ।
तर एकैनाश ,माया, गर्नेपनि तिमी ।
हराएर मुस्कान, रित्तो- रित्तो ,बनेको यो
ओठभरि अपार ,हाँसो ,भर्नेपनि तिमी ।
हर मोडमा, मेरा यिनै, साथ स्विकारेर
चुनौतीका, जंघारहरु ,तर्नेपनि तिमी ।।।