
तिम्रो मेरो जिन्दगिको धार उस्ता उस्तै
तिम्ले खाने मैले खाने अन्न उस्ता उस्तै
किन फेरि ठुलो सानो मै हुँ भन्ने भेदभाव
तिम्ले मैले सास लिने हावा उहि उस्त्तै !!
अहमताको भांडो भरे, बुडेसकालमा रहँदा
मृत्यु कुर्दा, बिमार पर्दा,उल्टा हावा बहँदा
ब्यर्थ भुल गरेँ भनी पश्चातापमा जलि
दिल शान्त पार्न गारो ,रोगले बेडमा छँदा !!
बेला छँदै सचेत मै मनलाइ काबु पारी
खुशी छर्दै दया भर्दै सबलाइ सम्मान गरि
जिवन सार्थक पार साथी नअलमल्लिकन
बाटो पहिल्याउ नहराइ कुनै भ्रममा परि !!