आइतवार, माघ ११, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ब्राजिललाई मेक्सिकोको चुनौती

शिरीष न्युज by शिरीष न्युज
असार १८, २०७५
0
ब्राजिललाई मेक्सिकोको चुनौती

जारी विश्वकपमा उपाधिको बलियो दाबेदार मानिएको दक्षिण अमेरिकी टोली ब्राजिलले सोमबार हुने प्रिक्वार्टफाइनल खेलमा मेक्सिकोको सामना गर्दैछ । यी दुई टोलीबीच खेल हुने दिन जुन २ तारिखसँग भने ब्राजिलको रमाइलो संयोग जोडिन पुगेको छ । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उपाधि जितेर जुन २ तारिखको दिन नै ब्राजिलियन टोली जापानबाट आफ्नो देश प्रस्थान गरेको थियो ।

सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल यसपटक उपाधिको संख्या बढाएर ६ पुर्‍याउने धुनमा छ । चार वर्षअघि आफ्नै घरेलु मैदानमा खेलिएको विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न नसकेको ब्राजिलियन टोलीमा यसपटक प्रतिभाशाली युवा खेलाडीको बाहुल्य रहेकाले पनि ब्राजिल उपाधिप्रति बढी नै आशावादी देखिएको छ । तर, जतिसुकै शक्तिशाली टोली भए पनि मैदानमा खेलाडीबीच हुने घम्साघम्सीले निकाल्ने नतिजा भने सधैं आफूले चाहेजस्तो हुँदैन । फुटबलको सबैभन्दा रोमाञ्चक पक्ष पनि यही नै हो ।

जारी विश्वकपमा पनि मेक्सिकोको तुलनामा ब्राजिल केही बलियो नै देखिएको छ । प्रारम्भिक चरणको खेलमा अपराजित रहेको ब्राजिल ७ अंकसहित समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो । समूहगत चरणको आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसँग १—१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टा रिकालाई २—० र तेस्रो खेलमा सर्बियालाई २—० गोलले हराएको थियो ।

यसको विपरीत मेक्सिको भने पहिलो चरण एउटा खेल हार्दै ६ अंकसहित समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । तर, आफ्नो पहिलो खेलमै साबिक विजेता जर्मनी जस्तो बलियो प्रतिद्वन्द्वीलाई १—० गोलले हराएपछि मेक्सिकोको मनोबल भने निकै उच्च बनेको छ । दोस्रो खेलमा एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २—० गोलले हराएको मेक्सिको समूहगत चरणको अन्तिम खेलमा भने स्विडेनसँग ०—३ गोलले पराजित भएको थियो ।

यसअघिका विश्वकपमा यी दुई टोलीबीच खेलिएका खेलको नतिजाले पनि ब्राजिललाई नै बलियो देखाउँछ । हालसम्म यी दुई टोलीबीच विश्वकपमा चार पटक भिडन्त भएकोमा तीन खेलमा ब्राजिल विजयी भएको छ । एक खेल भने गोलरहित बराबरीमा सकिएको छ । विश्वकपमा भएको भिडन्तमा हालसम्म ब्राजिलले मेक्सिकोविरुद्घ ११ गोल गरेको छ भने मेक्सिकोले एक गोल पनि गर्न सकेको छैन ।

घाइते खेलाडी ड्यानिलोको टोलीमा आगमन पनि ब्राजिलका लागि अर्को सुखद पक्ष बनेको छ । नितम्बको मांसपेसीमा समस्या देखिएका ड्यानिलो स्वस्थ्य भएर अभ्यासमा फर्किएका छन् । ब्राजिलियन अधिकारीले पनि उनी खेल्नका लागि तयार रहेको जानकारी दिएका छन् । अर्का घाइते खेलाडी डगलस कोस्टाले भने मेक्सिकोसँगको खेल खेल्न सक्ने छैनन् ।

ब्राजिल र मेक्सिकोबीच सन् १९५० को विश्वकपको उद्घाटन खेलमा पहिलो पटक भेट भएको थियो । उक्त खेलमा ब्राजिलले मेक्सिकोलाई ४—० गोलले हराएको थियो । पछिल्लो पटक भने यी दुई टोलीबीच सन् २०१४ को विश्वकपको समूहगत चरणमा भेट भएको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यतिबेला समूह ‘ए’ बाट ब्राजिल विजेता र मेक्सिको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका थिए ।

यसैगरी यी दुई टोली पछिल्लो पटक सन् २०१५ को जुनमा एकअर्काविरुद्घ मैदानमा ओर्लिएका थिए । साओ पाउलोमा खेलिएको उक्त मैत्रीपूर्ण खेलमा ब्राजिलले मेक्सिकोलाई २—० गोलले हराएको थियो । सन् १९९० को विश्वकपपछि ब्राजिल हालसम्म प्रिक्वार्टरफाइनल खेलमा पराजित भएको छैन । सन् १९९० को विश्वकपको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १—० गोलले हराएको थियो । त्यसयताको विश्वकपमा ब्राजिल कम्तीमा क्वार्टरफाइनलसम्म पुगेको छ । पछिल्लो समय ब्राजिलका लागि नेमार, ग्याब्रियल जिसस, फिलिप कोउटिन्हो र विलियनबीच उत्कृष्ट तालमेल देखिएको छ ।

यसैगरी बलियो रक्षापंक्तिका कारण ब्राजिलले पछिल्ला १४ खेलमा तीन गोलमात्र खाएको छ । तथ्यांक र इतिहासमा ब्राजिल जतिसुकै बलियो देखिए पनि सोमबार हुने खेलमा मेक्सिकोलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिने भूल भने पक्कै गर्नेछन् ।

समूहगत चरणमै साबिक विजेता जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिको हेक्टर हेरेरा, जोनाथन डस सान्तोष, आन्द्रेस ग्वार्डाडो, कार्लोस भेला, जाभियर हर्नान्डेज, हिर्भिङ लोजानोजस्ता प्रतिभाशाली खेलाडीबाट सुसज्जित भएर उच्च मनोबलसहित मैदानमा ओर्लने तयारीमा छ ।-एजेन्सी

बिगतमा दुई टोली

कुल खेल : ४

ब्राजिल विजयी : ३

मेक्सिको विजयी : ०

बराबरी : १

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भंगहा : मेयर कप फुटबलको तालिका सार्वजनिक, पहिलो खेलमा धरान र काठमाडौं भिड्ने
खेलकुद

भंगहा : मेयर कप फुटबलको तालिका सार्वजनिक, पहिलो खेलमा धरान र काठमाडौं भिड्ने

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी
खेलकुद

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन
खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई
खेलकुद

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’
खेलकुद

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित
खेलकुद

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

Next Post
बर्षाले बेहाल राजधानी सहर जनकपुर

बर्षाले बेहाल राजधानी सहर जनकपुर

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist