शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

राजपाले आउँदो बैशाख ७ देखि ९  गतेसम्म महाधिवेशन गर्ने निर्णय

शिरीष न्युज by शिरीष न्युज
असार ६, २०७५
0
राजपाले आउँदो बैशाख ७ देखि ९  गतेसम्म महाधिवेशन गर्ने निर्णय

राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूले संघीय समाजवादी फोरमसँगको सहयात्रा तोड्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन्। प्रदेश नम्बर दुईमा सत्ता सहयात्री रहेको फोरम संघीय सरकारमा गएसँगै राजपालाई धोका भएको नेताहरूले बताएका हुन्।

बुधबार सकिएको राजपाको राजनीतिक समितिको बैठकमा फोरमसँगको सहयात्रालाई प्रमुख मुद्दा बनाइएको थियो। वैठकमा बोल्ने नेताहरूले फोरममाथि ‘एक्सन’ नलिइएकोमा आपत्ति समेत जनाएका छन्।

पछिल्लो समय राजपा नेपाल संघीय सरकारमा सहभागी हुने विषय बाहिर आएकोमा अहिले सरकारमा जाने भुल गर्न नहुने समेत नेताहरूले बताएका छन्। ‘सरकार हाम्रा मुद्दामा केन्द्रित छैन,’ राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘सरकारमा जाने कुराले पार्टी कमजोर हुन्छ।’ उनले राजपा सरकारमा जान सक्ने तर अहिले त्यो अवस्था नरहेको बताए। बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा पनि कुरा उठेको थियो। केही नेताहरूले सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिनुपर्ने आवाज उठाए पनि तत्काल त्यस्तो निर्णय नभएको उनले बताए। ‘अहिले नै सरकारलाई दिइएको समर्थन फिर्ता नलिने कुरा भयो,’ उनले भने, ‘राजपाका माग पूरा गर्न सरकार तयार भए हामी पनि सरकारमा जान तयार छौं।’

विधान संशोधनका लागि समिति

राजपाको महाधिवेशनका लागि पार्टीको विधान परिमार्जन गर्न तीन सदस्यीय समिति बन्ने भएको छ। गत वर्ष मधेश केन्द्रित ६ दल मिलेर बनेको पार्टीको पहिलो महाधिवेशनका लागि विधान संशोधन गर्न पार्टीका सहअध्यक्ष लक्ष्मर्णलाल कर्ण, बृषेशचन्द्रलाल र सर्वेन्द्रनाथ सुक्ला सदस्य रहेको विधान परिमार्जन समिति बनेको हो। उक्त समितिले असार २१ गते बस्ने राजनीति समितिको अर्को बैठकमा आफ्नो प्रतिवेदन पेस गर्ने छ। निर्वाचन आयोगले पठाएको पत्रका कारण पार्टीको विधान परिमार्जन गर्न लागेको बुझिएको छ। गत वर्ष असारमा पार्टी दर्ता गर्दा पार्टीको धारा २२ को उपधारा १० बमोजिम एक वर्षभित्र महाधिवेशन गर्ने भनिएको भए पनि हालसम्म महाधिवेशन हुन सकेको छैन। यसबीचमा निर्वाचन आयोगले राजपालाई महाधिवेशन गर्न भन्दै पत्राचार समेत गरेको थियो। आयोगले असार ३० गतेसम्मको म्याद दिएको भए पनि राजपाले त्यो समयसम्ममा महाधिवेशन गर्न नसकिने बताउँदै आएको छ। विधानको व्यवस्था र आयोगको निर्देशनलाई छल्नका लागि विधान संशोधन गर्न लागिएको हो।

राजपाले आउँदो बैशाख ७ देखि ९  गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए। त्यसको लागि विधान संशोधनको तयारी हुँदैछ। झाले एक वर्षसम्म पार्टी तल्लो तहका समितिहरूको अधिवेशन गरेर बैशाखमा महाधिवेशन गर्ने बताए। उनले तल्लो तहको संगठन नाजुक रहेकोले अहिले महाधिवेशन गर्न नसकिने समेत स्पष्ट पारे।

अब एक अध्यक्ष रहने

विधान संशोधन भएसँगै अव राजपामा एक जना मात्रै अध्यक्ष रहने व्यवस्था हुने भएको छ। तराई केन्द्रित ६ वटा दल मिलेर बनेको राजपाको अध्यक्ष मण्डलमा अहिले ६ जना सदस्य रहेका छन्। ‘अध्यक्षहरू धेरै भएकोले निर्णय प्रक्रियामा असहजता भएको छ’, वरिष्ठ उपाध्यक्ष लालले भने, ‘अब एक जना मात्रै अध्यक्ष रहने गरी विधान संशोधन हुन्छ।’ एक जना मात्रै अध्यक्ष राख्ने गरी आन्तरिक सहमति जुटे पनि अध्यक्ष मण्डलका अन्य नेताको व्यवस्थापनका विषयमा गृहकार्य गर्न बाँकी रहेको उनले बताए।

संसदीय दल छिट्टै

गुटगत विवादले बन्न नसकेको राजपाको संसदीय दल छिट्टै बन्ने भएको छ। वैठकले छिट्टै संसदीय दल गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको नेताका लागि पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आकांक्षा देखाएका छन्। संसदीय दलका लागि महतो बलियो देखिन्छन्। आफू कमजोर भएपछि संसदीय दल गठनमा समेत ढिलाई गरेको ठाकुरलाई आरोप लाग्ने गरेको छ।  असार ११ गतेदेखि हुने अर्को वैठक अघि नै संसदीय दल गठन हुन्छ,’ महासचिव झाले भने। राजपाले नेतृत्व गरेका स्थानीय सरकार र प्रदेशमा राजपाबाट मन्त्री बनेका नेताहरूलाई प्रोत्साहन गर्न संयोजन समितिहरू बनाउने निर्णय भएको पनि उनले बताए।

महासचिव सुमन मन्त्री हुन नपाएकामा असन्तुष्ट

प्रदेश २ मा मन्त्री बन्न नपाएका महासचिव मनिश सुमनले दुई नम्बर प्रदेशको सरकारबाट राजपा बाहिरिनुपर्ने बताएका थिए। उनले केन्द्र सरकारले पनि राजपालाई धोका दिएकाले केन्द्रलाई दिइएको समर्थन पनि फिर्ता लिनुपर्ने बताएका थिए। ‘सुमन पहिले दुई नम्बर प्रदेशमा सभामुख बन्न चाहान्थे, सभामुख नपाएपछि मन्त्री बन्न चाहेका थिए, तर दुवैमा सफल भएनन्,’ राजपा स्रोतले भन्यो, ‘आफू मन्त्री बन्न नपाएकाले उनले केन्द्र सरकारको समर्थन फिर्ता लिनुपर्ने बताएका हुन्।’ सुमनले पार्टीको बैठकमै आफूलाई अवसर नदिइएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

आज पुनः ओली समूहको स्थायी कमिटी बैठक जारी

जनता र संविधानवादको जीत भयो : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता यादव
प्रदेश २

जनता र संविधानवादको जीत भयो : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता यादव

विद्यालयमा दुई दर्जन कम्प्युटरहरु छन् तर सिकाउने काेहि छैनन्
प्रदेश २

महोत्तरीमा २ वर्षअघि किनिएको कम्प्युटर अझै प्रयोगमा आएनन्, स्टोररुमा थन्किँदा कवाडी बन्दै विद्यालयका कम्प्युटर

अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा महोत्तरीको औरही नगरपालिकामा दीप प्रज्वलन
प्रदेश

अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा महोत्तरीको औरही नगरपालिकामा दीप प्रज्वलन

Next Post
केरा हेर्नेहरुको भीड !

केरा हेर्नेहरुको भीड !

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist