काठमाडौं २०७५ जेष्ठ ५ गते
एसइई परीक्षाको नतिजा भाेली बुधबार सार्वजनिक गर्ने तयारी भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको रातोपाटीलाई जानकारी दिए ।
सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ ।
यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।
२०७४ सालको नियमति तथा एक्जाम्टेड परीक्षाको नतिजा सार्वजनिकपछि विद्यार्थीले एसएसम वा सीध सम्बन्धीत निकायको वेवसाइटबाट परीक्षाफल थाहा पाउन सक्नेछन ।
यसका लागि एसएमएस वा वेवसाइटमा हेर्नुपर्ने छ । टेलिफानबाटै नतिजा सुन्न नेपाल टेलिकमको १६००, एसएमएस गर्न आकाश टेकको ३१००३, फोकशवान नेपालको ३४०००, एनसेलको १६००, वान अप कक्युनिकेशनको ३३२४, जानकी टेक्नोलोजीको ३५००१, इजि सर्भिसको ३४९४९, किष्ट मिडियाको ३१००५ र एफ ए सफ्टको ३४८४९ बाट नतिजा थाहा पाउन सकिने छ ।-शिस