विजय कुमार साह
ढल्केवर २०७५ असार २ गते
‘चुरे संरक्षण दिवस २०७५’को अवसरमा जिल्ला वन कार्यालय धनुषा र सामुदायिक सुधार केन्द्र जनकपुरधामको संयुक्त आयोजनामा धनुषाको मिथिला नगरपालिका वडा नं.३ जलाद खोलाको किनारमा कार्यक्रमको आयोजना गरि वृक्षारोपण गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति रहनु भएका पूर्व सहायक राज्यमन्त्री एवं सभासद सत्रुधन महतोले चुरे क्षेत्रलाई संरक्षण सम्वद्र्धन विनास हुनबाट जोगाउने कर्तव्य हामी सबैको भएको भन्दै वन विनासको असर देखा परिरहेकोले यसलाई समयमा नै रोकथाममा लाग्नुपर्ने बताउनुभयो । उहाँले पछि पछुताउनुभन्दा अहिलेदेखि नै वातावरण सुधारका कार्यमा लागेर भावी पुस्तालाई वातावरण असरबाट जोगाउनुपर्ने बताउनुभयो ।
त्यस्तै, राष्ट्रिपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सदस्य रामदयाल यादवले चुरे विनासका कारण तराईका जग्गा जमिन भरुभूमी बन्दै गएको, पानीको सतह दिनानुदिन घटदै गएकोे तथा वातावरण असरको प्रभावले मौसम अनियमित भइरहेकोले चुरे संरक्षण गर्नु अति आवश्यक भएकोले नेपालका प्रथम राष्ट्रपति रामवरण यावदले यो अवधारणालाई अगाडि बढाउनु भएको बताउनुभयो ।
त्यसैगरी, प्रदेश–२ वन मन्त्रालयका सचिव मेघनाथ काफ्ले, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रजिअ गोपाल प्रसाद पराजुली, जिल्ला वन कार्यालय धनुषाका अधिकृत अशोक कुमार झा,प्रदेश २ का फेकोफन उप संयोजक सोमप्रसाद शर्मालगायतका वक्ताहरुले वन विनासले वातावरणलाई पु¥याइरहेका असर र संरक्षण् सम्वद्र्धनका लागि नागरिकले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जोड दिनुभएको थियो ।
सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक गोपाल पाण्डे, राष्ट्रिय अनुसन्धानका संजयकुमार यादव वन उपभोक्ता समितिका पदाधिकारी, वन कर्मचारीलगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई उद्घोषण जिल्ला वन कार्यालय धनुषाका सहायक अधिकृति सुरेश शर्माले गर्नुभएको थियो ।