शिरीष सम्बाददाता
महेन्द्रनगर(धनुषा) ३ गते असार
क्षीरेश्वरनाथ नगरपालिकामा गरिब तथा बिपन्न वर्गका छात्र–छात्राहरुको लागि निःशूल्क आधारभुत कम्प्युटर तालिम सुरु भएको छ ।
तालिमको उदघाटन एक समारोह बीच क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले पानसमा बत्ती बालेर गर्नुभएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाको आर्थिक सहयोग तथा शिरीष कम्प्युटर इन्स्िटच्युट महेन्द्रनगरको आयोजनामा सुरु भएको यस कम्प्युटरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरपालिका प्रमुख पजियारले २१औं शताब्दी भनेको कम्प्युटरको युगको भएकोले यस नगरपालिकाका गरिब–विपन्न छात्र–छात्राहरुले आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान प्राप्त गर्दा उनिहरुले भोलीको दिनमा विभिन्न क्षेत्रमा रोजगारीको अवसरमा प्राप्त गर्न सक्ने बाटो खुल्ने बताउनुभयो । उहाँले कम्प्युटर बिना अहिले सबै काम गर्न असम्भव जस्तै भएकोले कम्तिमा आधारभुत कम्प्युटर तालिमको ज्ञान प्राप्त गर्नु पर्ने आवश्यक्तालाई मध्यनजर गर्दै नगरपालिकाले यस तालिमको आयोजना गरेको बताउनुभयो ।
मेयर पजियारले तालिममा सहभागी छात्र–छात्राहरुलाई ध्यानपूर्वक तालिम लिन र आफ्नो व्यवहारिक जीवनमा लागु गर्नको लागि समेत निर्देशन दिनुभयो ।
शिरीष कम्प्युटर इन्स्टिच्युटका संचालक अजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षीनपाका कम्प्युटर अधिकृत विजय यादवले कम्प्युटर तालिमको औचित्य तथा महत्व बारे प्रकाश पार्नु भएको थियो ।
संचारकर्मी मुकेश ठाकुरले संचालन गर्नुभएको उक्त कार्यक्रममा क्षीनपाका ४ का वडा अध्यक्ष जगदीश यादव र १० का अध्यक्ष रामपदारथ यादवले समेत तालिमको सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।