धनुषाको मिथिला नगरपालिका वडा नं.४ पुष्पवलपुरमा इनारभित्र एक युवाको वेवारिसे लास फेला परेको छ ।
पुष्पवलपुरदेख करिब सय मीटर दक्षिण दिगम्वरपुर जाने बाटोमा रहेको इनारभित्र शुक्रबार विहान ५ बजेतिर अन्दाजी २५ बर्षीय युवाको वेवारिस लास फेला परेको हो
बिहान स्थानीय बासीहरु पानी भर्न इनार गएको बेला इनारभित्र लास देखेपछि ईलाका प्रहरी कार्यालय ढल्केवरमा खबर गरेका थिए । लास बारे जानकारी पाउन साथ घटनास्थल पुगेका प्रहरीले लास इनारबाट बाहिर निकाले थिए ।
ईप्रका ढल्केवरका प्रनि माधव प्रसाद काफ्लेले दिएको जानकारी अनुसार मृतकको पहिचान खुल्न सकेको छनै भने मृतकको साथमा रहेको मोबाइल पनि पानीमा भिजेकोले मर्मत तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको बताउनुभयो ।
मृतक बारे अनुसन्धान भइरहेको र लासलाई शव परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको ईप्रका ढल्केवरले जनाएको छ ।