जनकपुर, ३० जेठ,
जनकपुर अस्पताल प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरेपछि जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ ।
युवाहरू बुधबार बिहानैदेखि जनकपुरका भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि स्थिति तनावपूर्ण भएको छ ।
प्रदर्शनका क्रममा स्थिति उग्र बन्ने देखेपछि १० भन्दा बढी युवाहरुलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई मसी खन्याई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले राकेशविक्रम साह, रमेश यादव, अखिल मधिकर्मी, अमित पाठक, विपिन साह र विजय मेहेतालाई पक्राउ गरी प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको विरोध स्थानीय युवाहरु आन्दोलित भएका हुन् ।
प्रदर्शनकारीहरूले जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।
गत शुक्रबार शल्यक्रिया गरी सुत्केरी भएकी जनकपुर उपमहानगरपालिका-१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको उपचारका क्रममा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारजनको आरोप छ ।
के हो घटना ?
त शुक्रबार शल्यक्रिया गरी सुत्केरी भएकी जनकपुर उपमहानगरपालिका–१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको उपचारका क्रममा ज्यान गएको थियो। चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारजन र आफन्तको आरोप छ।
उक्त घटनाको अनुसन्धान नगरिएको भन्दै तीन दिनअघि एक समूहले जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादवलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले राकेशविक्रम साह, रमेश यादव, अखिल मधिकर्मी, अमित पाठक, विपिन साह र विजय मेहेतालाई पक्राउ गरेको छ। राकेशविक्रम साह तरुण दल धनुषाका उपाध्यक्ष हुन्। पक्राउ परेका ६ जनामाथि प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ।
आज प्रदर्शनमा उत्रिएकाहरूले ती तीनजनालाई रिहा गर्नुपर्ने, सुत्केरीको ज्यान गएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट यादवलाई कारबाही हुनुपर्ने माग राखेका छन्।-शिस