अमर यादव
महेन्द्रनगर, २५ जेठ ।
प्रकृतिको अद्भुतट रहस्य खोतल्न वा यसको परख गर्न पहाडै चढ्नु पर्दैन , नदि वा समुद्रको गोता लाउनु पर्दैन , अन्तरिक्षको सयर गरिरहनु पर्दैन । सुन्दरी जस्तो देखिएर घाँसको सिङगो मसिनो पात फुलकोक कोपिला माथि बसेको पुतली , माकुरी जालमा शीतले बुनेको मोतिमाला जस्ता झिनामसिना कुरा नियालौ ।
यीनैमा अद्भुत सुन्दरता उद्घाटित भएका हुन्छ्न । जीवनको रफतारमा सधै कलाको खोजीमा भौतारिदा यी मामुली कुरा आँखाबाट ओझेल पर्छन । तर दुनियामा मामुली त्यस्तो कुनै चीजै छैन । नपत्याए क्यामरामा कैद गरीएको तस्वीर हेर्नुस् ।
फोटोग्राफी प्रविधि र कलाको त्यो फ्युजन हो जसमार्फत प्रकृतिको मामुली कुराका सुन्दरता उजागर हुन्छन् । निमेषभरका लागि धटित कुनै दृश्य अन्नतकालका लागि कैद हुन्छ्न । आँखाको पलक झँप्कदा मिलिक्कै गायव दृश्य र्फुर्सदले हेरे हुन्छ ।
मान्छेले यो ब्रहमाण्डको न विशालताको बोध गर्न सक्छ न यसको सुक्षमताको अनुमान लगाउन सक्छ । उसले आफ्नो इन्द्रिय सामथ्र्यको सापेक्षमा संसार बुझछ , यसको सुन्दरताको परख गर्छ ।
यो सामथ्र्यको सिमा छ । फोटोग्राफीले यो सिमा केही हदसम्म भए पनि फराकिलो पार्छ । आमजिन्दगी र दिनचर्यामा ओझिल यस्ता दृश्यले दुनियाँको बुझाईको दायरा फराकिलो पार्छ , दृष्टिकोण नविन बनाउँछ र सौन्दर्यता तिर्खाछ ।