शनिबार, माघ ३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अस्त ब्यस्त जनकपुर पुननिर्माण

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ २२, २०७५
0
अस्त ब्यस्त जनकपुर पुननिर्माण

जनकपुर २०७५ जेष्ठ २२ गते

पुस्तौदेखि जनकपुरको जनकचोकमा व्यापार गर्दै आएका ५६ वर्षीय रामसुरतप्रसाद साहले व्यस्त बजारमा रहेको आफ्नो सटरसहितको घर भत्काएका छन् ।

आफ्नै नाममा लालपुर्जा रहेको जग्गा सडक विस्तारका निम्ति छोड्दा न त उनले मुआब्जा पाए, न क्षतिपूर्ति । मुख्य व्यापारिक केन्द्रमा दुई धुर जग्गा सडक विस्तारमै मिसियो । घर भत्काउने र पुनर्निर्माणमा पनि उनकै खर्च भइरहेको छ ।

जनकपुर उपमहानगरपालिका–४ जनकचोकका अर्का व्यापारी मोहम्मद नौसाद खानले मुख्य सडकको सटरसहितको चारतले घर भत्काए । सटर भत्काएपछि व्यापार–व्यवसाय ठप्प छ । जनकपुरस्थित शिवचोकमा आलिसान होटल सञ्चालन गर्दै आएका विजयकुमार झुनझुनवालाले पाँचतले होटलको एकभाग भत्काएर पुनर्निर्माण गर्दै छन् ।

जनकपुर उपमहानगरपालिकाले क्षतिपूर्ति, मुआब्जाबिना सडक विस्तारका लागि घर भत्काउँदा स्थानीय, व्यापारी, उद्योगी, सर्बसाधारणले अवरोध भने गरेका छैनन् ।

जनकपुर उपमहानगरपालिका–५ महावीरचोकदेखि जानकी मन्दिर आसपासको पुरानो बजारका घरसमेत धमाधम भत्काइँदै छन् । महावीर चोकमा तीन पुस्तादेखि व्यापार व्यावसाय गर्दै आएका गोविन्द सिकारियाले दुईवटा सटरसहितको घर बाहिरी भाग करिब तीन मिटर भत्काएका छन् । उनले उपमहानगरपालिकाको पुनर्निर्माणको निम्ति चालेको कदमलाई सकारात्मक हपमा लिएको बताए ।

तर, सडक विस्तार अभियान समयमा पूरा नभए जनकपुरवासीले सास्ती बेहोर्नुपर्ने भएकाले तीन महिनामा पूरा गर्न उनको अनुरोध छ । उनका छिमेकी जनकपुर उद्योग वाणिज्य संघका सदस्य राजीवकुमार साह चन्दनले समेत घर पुनर्निर्माण गर्दै छन् । उनले सडक विस्तारको निम्ति निजी लालपुर्जा भएको घरजग्गा उपमहानगरपालिकाले मुआब्जा क्षतिपूर्ति दिएर मात्रै भत्काउनुपर्ने माग गरे ।

सुनचाँदी व्यवसायी विष्णुदेवप्रसाद साहले घर भत्काएपछि व्यवसाय बन्द गरेका छन् । महावीर चोकमा निकै व्यस्त सुनचाँदी व्यवसायी साहले सहरको सडक विस्तार र पुनर्निर्माणको निम्ति बाध्यताले घर भत्काएको बताए ।

जानकी मन्दिर पूर्व पूरानो बजारका कपडा व्यवसायी गोविन्द इसारिया सडक विस्तार अभियानले व्यापार–व्यवसाय चौपट भएको बताउछन् । जताततै सडक अवरुद्ध भएकाले सवारी आवागमन बन्द हुँदा सामान ओसारपसारसमेत हुन सकेको छैन ।

उपमहानगरपालिकाले जेठ २ गतेभित्र घर नभत्काउनेको घर डोजर लगाएर भत्काउने माइकिङ गरेपछि डरले घर भत्काउन थालेको व्यापारी–व्यवसायीहरू बताउछन् । जनकपुरको विकासका लागि सञ्चालित अभियान राम्रो भए पनि जताततै एकैचोटी घरहरू भत्काएर पूरै सहर लथालिङ्ग बनेको उनीहरूको गुनासो छ ।

भानुचोक, शिवचोक, जनकचोक, महावीर चोक, जानकी मन्दिर, मुरली चोक, तिरहुतिया गाछी, एयरपोर्टलगायत चारैतिर व्यापारिक भवन, सटर, घर, टहरा भत्काएर पुनर्निर्माण तीव्र पारिएको छ । जनकपुर उपमहानगरपालिका सहरी विकास आयोजनाले एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा थालेको सडक विस्तार, ढल र कालोपत्रे आयोजनाको निर्माण कार्यले तीव्रता पाएको छ ।

जनकपुर उपमहानगर क्षेत्रमा २७ किलोमिटर सडक विस्तार आयोजनामध्ये एयरपोर्ट, मुरलीचोक, रामचोक, शिवचोक, महावीर चोक, राममन्दिर क्षेत्रमा ९ किलोमिटर सडक कालोपत्रे गर्न उपमहानगरपालिकाले तीव्रता दिएको हो ।

कालोपत्रे गरिएको एयरपोर्टदेखि मुरली चोकसम्मको सडक। तस्वीर : शाहीमान

यसमध्ये एयरपोर्टदेखि मुरली चोक र भानुचोकदेखि कदमचोकमा कालोपत्रेको काम भइरहेको छ । मुरलीचोक–रामचोक खण्ड ग्राभेल गरिँदै छ । तिरहुतियागाछीदेखि महावीरचोकसम्म ह्युमपाइप गाडिएको छ ।

महावीर चोकदेखि जानकीमन्दिर, रामचोक, जनकचोक तथा पुरानोबजार भत्काउने काम भइरहेको छ । दुई हजार घर भत्काउनुपर्नेमध्ये करिब एक हजार ५ सय घर भत्काइसकेको उपमहानगरकी उपमेयर रिताकुमारी मिश्रले बताइन् ।

एडीबीको एक अर्ब ९० करोड (१९.४४ मिलियन डलर) रुपैयाँ लगानीमा उपमहानगरपालिकाअन्तर्गत एकीकृत सहरी विकास आयोजना सञ्चालित छ । सहरी विकास तथा भवन निर्माण विभागले जनकपुरको राजमार्गदेखि पूर्वक्षेत्रमा सडक विस्तार र ढल निर्माणका लागि ८३ करोड रुपैयाँ लगानी गरेको विभागमा डिभिजन इन्जिनियर गंगाप्रसाद यादवले बताए ।

आयोजनाले सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण, फोहोरमैला व्यवस्थापन, ल्यान्डफिल्ड साइट (डम्पिङसाइट) व्यवस्थापन गर्ने जनाएको छ । आयोजनाका अनुसार ९८ करोड ९८ लाख रुपैयाँ लगानीमा ३१ किलोमिटर सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल, नाला, कल्भर्ट निर्माण भइरहेको छ ।

सहरी विकास आयोजनाले थप ९ दशमलव दुई किलोमिटर सडक निर्माण कार्य भइरहेको जनाएको छ । त्यसपछि साना–ठूला खोलाखोल्सीको पानी एक ठाउँमा व्यवस्थित गरी आउटलेट निकास पठाउने ५ वटा आयोजना छन् ।

विगतमा ढल, कल्भर्टबिनाका साँघुरा सडक, फोहोरमैला व्यवस्थापन समस्या, अव्यवस्थित सहरीकरण, बजार, बस्ती, पसल, खानेपानी, ढल निकासलगायत समस्या नै समस्यामा जेलिएको धार्मिक सहर जनकपुरको स्वरूप परिवर्तनका लागि उपमहानगरपालिकाले बृहद् एकीकृत गुरुयोजना तयार गरी पूर्वाधार निर्माणमा तीव्रता लिएको जनकपुर उपमहानगरपलिकाका योजना शाखा प्रमूख वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।

‘विगतमा गुरुयोजना नै थिएन, जनकपुर पूरै लथालिङ्ग थियो,’ यादवले भने, ‘अब गुरुयोजना तयार भयो, कामलाई तिव्रता दिएका छौं ।’ उनले ९५ प्रतिशत सर्बसाधारणले घर भत्काउने कार्य पूरा गरेको बताए ।

उनका अनुसार करिब ५ प्रतिशत ठाउँमा विवाद भएकाले भत्काउन बाँकी रहेकाले निर्माण कार्यमा ढिलाई भइरहेको छ । पुनर्निर्माण कार्य भने ८० प्रतिशत पूरा भइसकेकाले असारसम्म सबै निर्माणको काम पूरा हुने इन्जिनियर यादवले बताए ।

धार्मिक तथा सांस्कृतिक रूपमा प्रसिद्ध जनकपुर आसपासको परिक्रमा सडकभित्र जनकपुर उपमहानगरपालिकाले सडक विस्तार गरिरहेको छ । नगर पुनर्निर्माण हुँदा ठूलो क्षति बेहोरे पनि विकास निर्माणका हिसाबले जनकपुरवासी, व्यापारी–व्यवसायी आशावादी छन् ।

समयमै काम होस्

गोविन्द सिकारिया (व्यापारी)
जनकपुर–५, महावीरचोक पुरानोबजार
उपमहानगरपालिकाले सडक विस्तार सुरु गरेको छ । घरहरू भत्काइरहेको छ । योजना धेरै राम्रो र सराहनीय पनि छ । पहिलादेखि नै जनकपुरको सडक साँघुरो थियो । अब फराकिलो हुन्छ । हिंडडुल गर्न, सवारी आवागमनमा सहज हुनेछ । ट्राफिक जाम नहोला । निर्माण कार्य तीव्र गतिमा बढाएर तोकिएको समयमा पूरा गर्नुपर्छ । समयमा पूरा भए जनताले सास्ती खेप्नुपर्दैन । जताततै घर भत्काइएकाले सहरको मुख्य बजारमा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न समस्या छ ।

करोडौंको व्यापार क्षति

राजीव साह (चन्दन)
एसोसिएट सदस्य, जनकपुर उद्योग वाणिज्य संघ
विकास निर्माणको सन्दर्भमा सडक विस्तार र कालोपत्रे गर्ने कार्यलाई सकारात्मक मान्नुपर्छ । तर, सडक विस्तारका लागि जति बजेट आएको छ, त्योभन्दा दस गुणा बढी जनताको पैसा खर्च भइरहेको छ । हामीले घर भत्काउँदा, पुनर्निर्माण गर्दा ठूलो धनराशि खर्चनुपरेको छ ।

व्यापार व्यवसाय चौपट भएको छ । घर भत्काएबापत राज्यको तर्फबाट क्षतिपूर्ति पाएका छैनौं । हजारौं घर भत्काइएका छन्। एउटा भत्काउन ३ लाखदेखि ५ लाख रुपैयाँ खर्च हुन्छ । बनाउन त्योभन्दा बढी खर्च हुन्छ । जानकी मन्दिरदेखि महावीर चोक आसपासमा २ सय ५० घर छन् । सबै भत्काइएकाले बाटो बन्द छ । विद्युत, खानेपानी, टेलिफोन केही छैन । जेनेरेटर चलाएर घर भत्काउँदै छौं । विद्युत् प्राधिकरणले चासो दिएको छैन ।

बाध्य भएर घर भत्कायौं

गोविन्दप्रसाद इसारिया
व्यापारी, जनकपुर–५, महावीर चोक
जनकपुर उपमहानगरपालिका कार्यालयले जेठ २ भित्र घर नभत्काए डोजर लगाएर भत्काइदिने उर्दी जारी गरेपछि डर त्रासले मान्छेहरूले भत्काउन थाले । हामीले पनि बाध्य भएर भत्कायौं । अब पुनर्निर्माण गर्न ६/७ महिना लाग्न सक्छ । त्यतिन्जेल व्यापारमा पूरै क्षति हुनेभयो । घर भत्काउन र बनाउन १५ लाख रुपैयाँ खर्च हुन्छ । सडक अवरुद्ध छ । बिक्री–वितरण बन्द छ । सवारीसाधन नआउँदा मालसामान ढुवानी हँुदैन । ग्राहक आउने–जाने बाटो नभएपछि फाट्टफुट्ट पनि व्यापार छैन ।

व्यापार चौपट भयो

विष्णुदेवप्रसाद साह
सुनचाँदी व्यावसायी, जनकपुर
उपमहानगरपालिकाको आदेशपछि घर भत्कायौं । आफ्नै खर्चमा घर निर्माण भइरहेको छ । व्यापारीको व्यापार–व्यवसायमा क्षति पुगेको बारे उपमहानगरपालिकाले वास्ता गरेन । घर भत्काउनुस्, नत्र डोजरले भत्काइदिन्छ भनेर माइकिङ गरेपछि घर भत्काएपछि एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावतमा कठिनाइ छ । व्यापारमा ठूलो क्षति बेहोर्नुपरेको छ ।

राज्यले अतिक्रमण गर्दैन

रामआशिष यादव
प्रदेश सांसद, धनुषा
नक्सापास गरेर बनाएको घर भत्काउँदा घरधनीलाई नेपालको कानुनअनुसार मुआब्जा दिनुपर्ने हो । केही न केही मुआब्जा, क्षतिपूर्ति दिएर योजनाबद्ध ढङ्गले काम गर्नुपथ्र्यो । राहतस्वरूप टोकन अफ मनीको रूपमा पनि दिनुपथ्र्यों । तर, जनकपुरमा बिनानक्सा कसैले घर बनाएको छ भने यतिबेला अतिक्रमण गर्न सकिन्छ । तर, अधिकांश नक्सापास गरेर बनाइएका हुन् । तर, मुआब्जा दिएको भए राम्रो हुन्थ्यो ।

क्षतिपूर्तिको व्यवस्था छैन

प्रभाकरलाल कर्ण
इन्जिनियर, सहरी विकास परियोजना
जनकपुर उपमहानगरपालिकाभित्रका पुराना सडकको विस्तार, कालोपत्रे, ग्राभेल गर्ने काम भइरहेको छ । अर्को मुख्य सडकको बीचमा ह्युमपाइप राख्ने काम भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरको मुआब्जा दिने व्यवस्था छैन । मानिसले सडक विस्तार हुनुपर्ने माग गर्दै छन् । उपमहानगरपालिकाका २५ वटा वडामा एक सय १३ सडक छन् । त्यसमध्ये दुईवटा परिक्रमा सडक विस्तार, ग्राभेल, कालोपत्रे गर्ने योजना छ ।- कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

हाम्रो प्यारो औरही नैनिगौरी!!
अन्य

हाम्रो प्यारो औरही नैनिगौरी!!

Next Post
धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist