महेन्द्रनगर, २० जेठ ।
धनुषाका क्षीरेश्वरनाथ नगरपालिकाका एक वडा अध्यक्षले बालबिबाह र दाईजो प्रथा बिरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षीरेश्वनाथ नगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामकिसुन यादवले ‘म आफ्नै घरबाट बालबिवाह र दाईजो प्रथा बिरुद्ध लड्नेछु’ एक कार्यक्रममा प्रतिवद्धता व्यक्त जाहेर गरे ।
यादवले परिवर्तन खोज्न टाढा होईन आफु र आफ्नै घरबाट परिवर्तनको सुरुवात गर्नुपर्छ बताए । उनले यस्ता घटना न्यूनिकरणको लागि म सँगै मेरा समाज र म जस्ता समाजका सामाजिक अभियन्ताहरु साकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने बताए । बाल बिबाह र दाइजो प्रथा एउटा मानव सिर्जित सामाजिक कुसंस्कृति हो ।
कुनै बेला सामाजिक संस्कारको रुपमा रहेको बाल बिबाह र दाईजोको कारण अहिले महिलाको जीवन प्रभावित बन्दै गएको यो कुसंस्कृतिको बहुपक्षिय नकारात्मक प्रभाव परिरहेको हुनाले यस्ता हानिकारण परम्परा बिरुद्ध लड्ने बताए । उनले यस्ता घटना ऐन कानुन विपरित हो थाहा पाउँदा पनि जानी जानी यस्ता कार्य गरेमा बालबिबाह गर्ने गराउने तथा दाईजो लिने र दिने दुबैलाई कानुनको दायरामा ल्याउने प्रयास गर्ने बताए ।
सोही कार्यक्रममा वडा नं.७ का वडा सचिव शशि भुषण गुप्ताले कानून विपरित उमेर नपुगी बालबिवाह जस्ता कार्यरहरु गरे त्यस्ता घटनाहरु आउँदो भदौ देखि दर्ता कानूनी प्रावधान अनुसार नगर्ने बताए ।