रंजन भण्डारी
महोत्तरी । रामगोपालपुर नगरपालिका वडा नं ५ कि वविता मरर दलितले आफुलाई पढाई दिन सार्वजनिक अपिल गरेपछि अव उप्रान्त उसको सम्पुर्ण पढाईको जिम्मेवारी प्रदेश सरकारले लिने भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालवावु राउतसंग प्रदेश सभा सदस्य साँसद रानी शर्मा तिवारीले वविताको विषयमा गरेको कुराकानीलाई गम्भिरता पुर्वक लिदै मुख्यमन्त्री राउतले उसको पढाईको सम्पुर्ण जिम्मा प्रदेश सरकारले लिने र वविता समक्ष आफ्नो प्रतिवद्धता पुर्याईदिन साँसद तिवारीलाई निर्देशन समेत दिएका थिए ।
साँसद तिवारी शनिवार वविताको घरमै पुगि मुख्यमन्त्रीको निर्देशन वारे वविता र त्यहा पुगेका संचारकर्मीहरुलाई जानकारी दिएकि थिईन ।
शुक्रवार नै वविताले आफुलाई पढाईदिन सार्वजनिक अपिल गरेको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि साँसद तिवारीले त्यसलाई गम्भिरता पुर्वक लिदै प्रदेश सरकारको वेटी पढाउ वेटी वचाउ अभियान नै रहेको र सोहि अभियान अन्तर्गत मुख्यमन्त्रीसंग कुरा भएको बताउदै मुख्यमन्त्रीले नै हाम्रो प्रदेशको एक जेहेन्दार विद्यार्थीलाई हामीले कदापी गुमाउन नसक्ने भन्दै तत्काल वालिकाको घरमै पुग्न उहालाई निर्देशन दिएको वताईन ।
साँसद तिवारी र नगरप्रमुखले वविता र उनका तिन भाई वहिनीलाई तत्काल कापी,कलम,पेन्सिल र व्याग समेत उपहार स्वरुप दिए । रामगोपालपुर नगरपालिकाको आर्थिक सहयोगमा उक्त स्टेशनरी दिईएको हो ।
यता नगरप्रमुख मण्डलले वविताको जन्मदर्ता लगायतका कागजात दुरुस्त गर्ने तथा आईतवार नै वविता र उनका भाई वहिनीलाई लाई भर्ना गराउने प्रतिवद्धता व्यक्त गरे । वविता वस्दै आएको घर तत्काल मर्मत गर्न आवश्यक रहेकोले आईतवार त्रिपाल सहयोग गर्ने र पछि आवश्यक देखिएको सवै सहयोग गर्ने नगरप्रमुख मण्डलले बताए ।
को हुन वविता
जिल्लाको रामगोपालपुर नगरपालिका वडा न ५ कंचनपुरको खत्वे टोल निवासी १५ वर्षिया वविता कुमारी मरर स्थानिय प्रा.वि मा कक्षा पाचसम्म अध्ययन गरेर आर्थिक अभावकै कारण दुई वर्ष पहिले नै विद्यालय छोरेकि हुन ।
करिव आठ वर्ष पहिले आमाको मृत्यु भैसकेको र वुवा रामभुलो मरर गाउ गाउमा गएर मांगेर ल्याउने र सोहिले आफु चार भाई वहिनीको पेट भर्नु पर्ने वाध्यताले पाच कक्षासम्म पढेर छोडेकि वविताको भनाई छ ।
पढन पाउने आशा मनमै मरिसकेपनि स्थानिय पत्रकार दिदिले आफुलाई पहिले देखि नै चिनेको र उनले आफ्नो पढाई समेत देखिसकेको बताउदै उनै दिदिले तिमिलाई कसैले पढाईदिदा पढछौ भनेपछि आफ्नो आशा पुनरजिवित भएको वविताले वताईन ।
पाच भाई वहिनी रहेकि वविता गाउमा जम्मा २/५ धुर जग्गामा एउटा टुटेको झोपडीमा वस्दै आएकि छिन । जेठी दिदिको विहे भइसकेको र आफ्ना थप दुई वहिनी र एक भाई तथा वुवासंगै वस्दै आएकि वविता पाच कक्षासम्म पढदा जेहेन्दार विद्यार्थी रहेकि उनी दुई वर्ष पहिले पढेको विद्यालयका शिक्षकहरुको भनाई छ ।
गाउमै प्रावि सम्म पढ्न भ्याएकि वविता थप पढ्ने इच्छा हुदा हुदै आर्थिक अभावमा पढ्न नपाएकोमा प्रदेश सरकारले उनलाई पढाउने प्रतिवद्धता जनाएपछि उनी हौसिएकि हुन । उनी आफुसंगै आफ्ना भाई वहिनी समेत पढने भएपछि प्रदेश सरकारलाई धन्यवाद दिएकि छिन । उनलाई भेट्न आएकि साँसद तिवारीलाई समेत उनले म जस्तै वस्तीमा धेरै वालिकाहरु पढाईवाट वन्चित रहेकोमा उनीहरुलाई समेत पढ्न सहयोग गरिदिन आग्रह गरेकि थिईन ।
यता साँसद तिवारीले तत्काल वस्तीको तथ्यांक संकलन गरि शिक्षावाट वन्चित रहेका अन्य वालवालिकालाई समेत प्रदेश सरकारको वेटी पढाऔ वेटी वचाऔ अभियानमा समेट्न नगरप्रमुखलाई भनिन ।