२०७५ जेष्ठ १८गते
पाल्पामा बिहान भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ । तानसेनबाट रामपुर तर्फ सहकारीको भ्रमण अबलोकनका लागि आउदै गरेको लक्ष्मी बचत तथा सहकारीको रिजर्भ बस दुर्घटनामा १३ जनाको मृत्युु भएको छ भने १५ घाइते भएको प्रहरीले जनाएको छ ।
पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुने मध्ये १२ जनाको पहिचान खुलेको छ । दुर्घटनामा विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएक् छ ।
सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।
घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।-शिस