अजय कुमार झा
मत्सरी रौतहट, जेठ १२ ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपाल– भारतमा रहेका दुर्गा मंन्दिर मध्ये विशिष्ठ पहिचान बोकेको रौतहटको मत्सरीमा रहेको दुर्गामंन्दिरले आफै आकर्षित गरेको छ । माता दुर्गा भवानीको शक्तिले पूर्व राजालाई तानेका कारणले नै उनी पूँजा अर्चनाका लागि सो ठाउँमा पुगेका छन् । यसलाई राजनीतिक संग जोड्नुको कुनै तुक रहेको छैन । मत्सरीमा दुर्गा पूँजाको परम्परा सैकडौ वर्ष पुराना रहेको छ । मैथिल बाहुनहरुको वाक्लो बसोवास रहेको छ । मत्सरीका बाहुनहरु शक्ति, लक्ष्मी तथा सरस्वतीको उपासक भएकै कारणले तीन वटै शक्तिको राम्रो प्रभाव रहेको छ । शक्ति, धन तथा विद्याले भरिपूर्ण गाउँ बाँसी रहेका छन् । त्यसमा पनि एउटै परिवारका गाउँलेहरु रहेका छन् ।
मध्यकालका मिथिलाका राजधानी सिम्रौनगढको ईतिहास संगै मत्सरीका बाहुनहरुको ईतिहास जोडिएको छ । सात पटकसम्म गाउँलाई वागमतिले कटान गरेपनि मत्सरीका बाहुनहरुले आफ्नो थाप थलो कहिले छाडेनन् । प्रकृतिसंग संघर्ष गरि नै राखे । अहिले आएर गाउँ आधुनिक गाउँको रुपमा विकास भएको छ । कतिपय नगरभन्दा पनि राम्रो गाउँ रहेको छ । सोही गाउँमा गाउँलेले नै आफ्नै श्रमवाट बनाएका आधुनिक तथा सुविधासम्पन्न आकर्षक दुर्गा मंन्दिर रहेको छ । मंन्दिर वर पर ग्रम देवता, ब्रह्मदेवता, ईष्ट देवता, सप्तभगवती, शंकट मोचन हनुमान मंन्दिर, हवन कुण्ट तथा परिसरमा नै दुई तल्लाको धर्मशाला रहेको छ ।
गाउँमा भएका प्रत्येक कर्मचारीले वर्षको एक दिन बरावरको तलव, दैनिक पूँजाको लागि पनि केही थप रकम दिने गरेको र सोही रकमवाट नित्य पूँजाका साथै आश्विन महिनाको दशै तथा काली पूँजाको विषेश आयोजना हुने गरेको छ । मत्सरीको राजनीतिक ईतिहास पनि ठूलो रहेको छ । २००४ सालमा भएको नेपाली काँग्रैसको वैरगनीया सम्मेलनको कुरा होस् वा अन्य आन्दोलन किन नहोस् सवैमा गाउँलेको अहम् भूमिका रहेको छ । वैरगनीया सम्मेलनको नेतृत्व कर्ता मध्ये एक सोही गाउँका गुलाव नारायण झा ( चुनचुन बाबु ) रहेका थिए । वि पिको अन्तरिम सरकारका उपसभामुख पनि झा भएका थिए । सभामुख के पी भट्टराई रहेका थिए । राणा शासन कालमा सो गाउँका थुप्रै व्यक्ति जमिन्दारको रुपमा शासन गरेको ईतिहास रहेको छ । देशका थुप्रै ठूला नेताहरुको भरण पोषण सो गाउँका व्यक्तिले गरेको ईतिहास रहेको छ ।
अहिलेको अवस्थामा राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झा पनि सोही गाउँका रहेका छन् । मत्सरीको वर्तमान र भूतलाई जोडेर जेठ ११ गते पूर्व राजा ज्ञानेन्द्र शाहको दुर्गा मंन्दिरको पूँजा पाठलाई अन्यथा रुपमा लिनुको कुनै तुक रहेको छैन । पाहुनालाई स्वागत गर्ने तथा सत्कार गर्ने हाम्रो मौलिक तथा विशिष्ट परम्परा रहेको छ । यसकै निरन्तता गाउँलेहरुले दिएका छन् । यसलाई अरु कुनै कुरा संग कसैले जोडेर हेर्नु गलत रहेको छ । अस्तु ।