राजकरण महतो
गौशाला । गौंमाताको बास स्थान । जिल्लाको पुरानो व्यपारिक केन्द्र । देशकै ठूलो चिनी कारखाना भएको नगर । यि परिचय बाहेक अन्य परिचय पनि होला गौशाला नगरपालिकाको तर, मलाई थाहा नभएको होला ।
हिजो आज सवाल छ, गौशाला नगरपालिका की नरकपालिका ? गौंमाताको बास स्थान कसरी ‘नरक’ हुन्छ । यो स्वर्ग जस्तै हुनु पर्छ । गाईलाई पूजा गर्ने हामी नेपाली गाई र त्यसको बास स्थानलाई संरक्षण गर्छौं । यि कुरा गौशाला नगरपालिकाका जनप्रतिनिधिलाई पनि थाहा होला ।
हिजो आज गाई र त्यसको बास स्थानबाट नामाकरण भएको ‘गौशाला नगरपालिका’को मुख्य बजार गौशालाको दुरावस्था देर्दा दया लाग्दो छ । बजारको नाला र नगर पिताको गलाबाट निस्किने भाषण उस्तै जस्तै लाग्छ ।
नालाको दुर्गन्धित पानीले गन्ध गर्छ । नाक थुनेर हिड्नु पर्छ । सरसफाई गर्ने नगर पिताको रटान पनि नालाको पानी जस्तै दुर्गन्धित बन्दै गएको छ । गौशाला बजारको सरसफाईको अवस्थलाई नगर क्षेत्रका सुँगुरले फोहोरको थुप्रोबाट नियाली रहेका छन् । यस अर्थमा नगर प्रमुखको गलाको भाषन दुगन्धित बनाइदिएको छ, सुगुँरको हेराईले । किन भने एक सय दिनमा गौशाला बजारलाई सरसफाईमा नमुना बनाउछु घोषणा गरेका मेयरको वाचामा स्वंय सुँगुरले पनि प्रश्न उठाएरका छन् । मेयरले आफ्ना कथनी अनुसारको करणी नदेखाएपछी नगर भित्रका सुँगुरले पनि फोहोरमा उभिएर मेयर ज्यू ९ महिना वित्यो खोई गौशाला बजारको मुहार फेरिएको ?
बजार बीचमा उभिएको सुगँुरले गौशाला नगरपालिका मेयर शिवनाथ महतो र उनका सबै टिमलाई भन्दैछ,‘तिमीहरु जितेको ९ महिना भयो । तिमीहरु के ग¥यो, बजारको बीचमा फोहोरमा उभिने मलाई मौका दियौं । ल बधाई छ तिमीहरुलाई उदोेगतिको बाटो लागेकोमा ’
गौशाला बजारमा सुँगुरले एका विहानै जनप्रतिनिधि र सरोकारवलाहरुको काम कारवाहीलाई फोहोर केलाएर नियाली रहे मेयर ज्यु तपाईका कार्यकालको लागि दुर्भाग्य हुनेछ । यि सुँगुरले पनि गौशालाको सरसफाई र विकासको अवस्था झल्काउँछ । सक्नु हुन्छ भने, भोलि गर्ने काम अहिले गर्नुस्, अहिले गर्ने काम तुरुन्त गरेर सरसफाई र बजार व्यवस्थापनमा लाग्नुस् ।यो नै बुद्धिमता होला ।कि कसो मेयर ज्यू ?