ब्यबसायी तथा गायिका मिना ढकाल यती बेला फेरी चर्चामा छिन| हास्य कलाकार मनोज गजुरेल सग सम्बन्ध बिछेद गरे पछी मिनाको चर्चा एका एक चुलिएको थियो| गजुरेल सग पारपुचुके गरे लगती मिनाले आफ्नो रहर पुरा गर्न आँखा जुद्यो नामक गीत बजारमा ल्याएकी थिईन उक्त गीताले यूटुबमा लाइक भन्दा बढी डिसलाइक पाएको थियो तर यती बेला मिना निखारिएर आएकी छिन उनको नयाँ गीत म हुँ नेपाली छोरीले अहिले दर्शक स्रोताबाट राम्रै प्रतीकृया पाइरहेकोमा मिना खुशी देखिन्छिन| पेशाले फेसन डिजाइनर मिनाले नयाँ बानेस्वरको मन्त्र कम्प्लेक्स्मा आमा छोरी ट्रेन्ड बुटिक सन्चालन गर्दै अईरहेकी छिन मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ ।
मिनाको म हुँ नेपाली छोरी नामक गित मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन । भिडियोमा मोडल सोनिका रोकायाको अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छिन |